Showing posts with label Essay. Show all posts
Showing posts with label Essay. Show all posts

फरक ठाउको फरक संस्कार: एक महिने अमेरीका बसाईको एउटा अनुभव|

साथी सँगको सेल्फी!!!
म अमेरिका आएको आज करिब तिन हप्ता भयो| बिस्तारै यहाँको जनजीबन बुझ्दै छु| यहाँ आएदेखि केही दिन साथीको अपार्टमेन्टमा बसे र पछि सहमतिमा दुइटा कोठा भएको नयाँ अपार्टमेन्ट खोज्यौ र त्यहाँ सर्यौ| साथीको अपार्टमेन्ट क्षेत्रमा नयाँ व्यवस्थापन आएपछि बिना कुनै थप सुबिधा उसको कोठाको मुल्य करिब $१५० ले बढाएकोले गर्दा उसलेपनि नयाँ घर खोज्दै थियो भने मलाई पनि बस्न कोठा चाहिएकोले गर्दा नयाँ ठाउँमा संगै बस्ने भनि नयाँ कोठा खोज्यौ| करिब २ दिन लगाएर सरेपछि यहाँ करिब २ हप्तादेखि नयाँ ठाउँमा छु|

नयाँ ठाउको लागि केही खाद्द्यान्न र समानहरु आवस्यक पर्ने भएकोले गर्दा सामानहरु किन्न साथीको कार चढेर वालमार्ट र क्रोगर (यहाँ समानहरु पाहिने ठुलो पसल) गए| त्यो बेलामा नयाँ कोठामा सरिसकेको थिएनौ त्यही पनि मैले आफ्नै समान प्रयोग गर्नु उचित ठानेर दैनिक जीवनको लागी आत्यवस्यक समानहरु किन्दै थिए, साथीले मसँग भएको सामानहरु प्रयोग गर्दा हुन्छ भन्यो| त्यसपछि अड्कलेर केही समानहरु किने अनि केही समानहरु उसैको प्रयोग गर्दै थिए| आझै पनि कुनै उसकै समानहरु (जस्तै: पाउरोटी तताउने भाडो, चम्चा, गिलास, ओवन, नुन, कफी आदि) प्रयोग गर्छु|

मेरो साथी Rosny Jean (रज्नी जिन) अमिरिकी ग्रिन कार्ड भएको हेईटीको नागरिक र फ्लोरिडाको स्थाई बासिन्दा हो| हामी दुवै एउटै प्राध्यापकको लागी एउटै प्रोजेक्टमा काम गर्छौ| प्रोफेसर मार्फत चिनाजानी भएपछि म उसैसंगै बस्दै आएको छु| मान्छे सहयोगी र मिलनसार नै छ| उसको खान हाम्रो भन्दा अलि फरक भएपनि भात नै खाने भएकोले गर्दा खासै फरक अनुभव हुदैन| खासगरि तरकारी र मासुमा हाल्ने मसला अलि फरक पर्छ अनि उनिहरु भात पकाउदा गेडागुडी, गाजर, विभिन्न स्वादिलो मसलाहरु राख्न रुचाउछन् भने हामी सादा भात बढी खान्छौ| फरक त्यतिमात्र हो अनि मुख्य कुरा मलाई उनीहरुको देशको खान मन पर्छ| खासगरि मसलेदार मासु र माछासँग सादा भात खान मनपर्छ| मैले उसलाई उसको मासु पकाउने तरिका मलाई पनि सिकाउन कयौं पटक भनेको छु तर समय मिलेको छैन| त्यसरी पकाएको मासु निकै मिठो हुने भएकोले गर्दा मलाई त्यो रेसिपी सिक्ने रहर छ| जानेको खण्डमा म पनि त्यसरी नै पकाउने बिचारमा छु| :) :) :) हामी अहिलेसम्म कहिले मेरो देशको खान पकाउने कहिले उसको देशको खान पकाउने गरेर खान बाडेर खाने गर्छौ|

नेपालको कृषि क्षेत्रमा सूचना प्रबिधि प्रयोग|

नेपालमा सूचना प्रविधिको विकास:
आज भन्दा १०-१५ वर्ष अघिमात्र पनि नेपालमा सूचना प्रविधिको विकाश त्यति हुन सकेको थिएन| मान्छेहरु एक ठाउँबाट अर्को ठाउँसम्म कुनै चिठी पत्र वा समाग्री पठाउन पर्यो भने निकै झन्झटिलो मानिने हुलाकबाट वा आफ्नो गाउँघरको कोही व्यक्ति बाहिर सामग्री पठाउन पर्ने ठाउँसम्म जादै छ भने उसको जिम्मा लगाएर पठाउन पर्ने बध्यता थियो| समयसंगै भएको सूचना प्रविधिको विकाशले गर्दा आजको यो समयसम्म आइपुग्दा यी झन्झटहरु व्यहोर्नु पर्ने बध्यता छैन| आफ्नै गोजीमा राखेर लिएर हिड्न मिल्ने सानो प्रविधिको प्रयोगले आजकल कामहरु धेरै छिटो र छरितो रुपमा गर्न सम्भव भएको छ|
     
बि. सं.  सालमा नेपाल सरकारको मातहतमा रहेर दुरसंचार संस्थानको स्थापनासंगै नेपालमा औपचारिक रुपमा सूचना प्रबिधिको प्रयोग र बिकाश हुन थालेको मानिन्छ| त्यो भन्दा अगाडी सूचना प्रविधिको प्रयोग यदाकदा भएतापनि नियमित र सर्भसुलभ नहुँदा त्यति फस्टाउँन सकेको थिएन| त्यसका अलवा दश वर्षे जनयुद्धको कारणले गर्दा पनि सर्बसाधारणलाई सूचना प्रविधिको प्रयोग गर्न त्यति सहज थिएन|
      जनयुद्धको समाप्ति र शान्तिको प्रक्रियाको थालनीसंगै नेपालमा सूचना प्रविधिको प्रयोग बढ्न थाल्यो| एकातिर रेडियो, एफ.एम्., टिभी तथा केवल व्यवसाय जस्ता प्रविधिहरु सस्तो, सर्भसुलभ र सजिलो हुने कारणले गर्दा यिनीहरुको प्रयोग एकाएक बढ्न गयो भने अर्कोतिर दुरसंचार संस्थानले तारयुक्त प्रविधिमा आधारित फोन सुबिधा र ताररहित पेजर र मोबाइलजस्ता प्रबिधिहरु भित्र्याउन थाल्यो|

शान्ता चौधरी: कमलरीदेखि सभासदसम्म|


कोलिंसमा GREको पढाई सकेर फर्केपछि कोठामा मात्र के छिरेको थिए, अगाडिको टेबलमा अनौठो नाम गरेको एउटा पुस्तकमाथि मेरो नजर पुग्यो—“शान्ता चौधरी: कमलरीदेखि सभासदसम्म” | पुस्तकको नाम आफैमा मेरो ध्यान खिच्नको लागि पर्याप्त थियो| पुस्तकको बिषय-बस्तुमा सरर्सर्ती नजर डुलाउदै जादा मेरो ध्यान, त्यहाँ भित्रको एउटा अध्यायको शीर्षकमा गयो: गर्भवती भएपछिको पिडा, जसको केही अंश म यहाँ जस्ताको त्यस्तै राख्न चाहन्छु|

“उपाय केही थिएन| पुनः जलेको छाप्रो टालटुल गरि त्यही बस्न थाल्यौ| भर्खर दोस्रो पटक सुत्केरी भएकी मान्छे, खानेकुरा केही थिएन| भोकभोकै दिन बिताए| एक वर्ष अगाडी मात्रै मेरो पहिलो बच्चा जन्मिएको थियो| त्यो बेला पाँच दिनसम्म पानि मात्र खाएर बचेको स्मरणले मलाई आज पनि उत्तिकै पिडा दिन्छ| हुन त मलाई सुरुदेखि नै नुन खुर्सानी असाध्यै मन पर्थ्यो| जुन अहिले पनि उत्तिकै मन पर्छ|......| तर त्यतिबेला आफूलाई मन पर्ने त्यही नुन खुर्सानी पनि मलाई रहर नै भयो| भोको पेटका कारण दुध आउन बन्द भयो| दुध सुक्यो| दुध खान नपाएपछि बच्चा शिथिल हुदै गयो र उन्नाइसौँ दिनमा बच्चा मर्यो| बच्चाको मृत्युले मलाई साह्रै पिडा भयो| त्यो दिन सम्झदा अहिले पनि भक्कानो फुटेर आउछ|”

जेठ १४ र सम्भावनाहरु


मिती:२०६८.०२.११
जेठ १४ र सम्भावनाहरु

नेपाल एक सानो तर आफ्नो अस्तितो बिश्व मानचित्रमा बचाई राख्न सफल भएको सार्वभौम राष्ट्र हो| पृथिवी नारायण शाहको पाला देखीको राजतन्त्रको बेलामा होश या १०८ बर्षे जाहनिय राणा शासनको बेलामा वा गणतन्त्र आएपछिको आजको अवस्थामा, नेपालमाथि प्रत्यक्ष रुपमा कसैले धावा बोल्न सकेको छैन| समयको परिवर्तन संगै २००७ साल, २०३५ साल, २०४६ साल, र २०६२/०६३ सालको बिशाल जनआन्दोलनले एउटा स्पस्ट सन्देस के दिन खोजेको छ भने नेपालीहरु आफ्नो स्वतन्त्रता चाहन्छन र कसैको दबाबमा बस्न चाहदैनन्| नेपालमा करिब ६० वर्षको छोटो समयमा धेरै परिवर्तनहरु भएका छन्| देश जहानीय निरंकुशताबाट पंचायत, प्रजातन्त्र हुदै संघीय गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ|
यस्तै परिवर्तनहरुलाई आत्मसाथ गर्दै २०६२/०६३को दोश्रो बिशाल जनान्दोलन पस्चात ने.क.पा.(माओबादी) शान्तीबार्तामा आयो| हतियार बिसाउने र संबिधान सभाको निर्बाचन गराउने अनि संबिधानसभाबाट नेपालको लागि परिवर्तन सहितको नयाँ संबिधान लेख्ने निर्णयमा पुग्यो र अन्तरिम संबिधान जारी गर्यो| उक्त निर्णयलाई आत्मसाथ गर्दै मिती २०६७.०२.१४ गतेको दिन नयाँ संबिधान जारी गर्ने गरि दुई बर्षको म्याद राखि नयाँ संबिधान बनाउन ६०१ सभासद र संबिधानसभा सदस्य जुटे| यसैबिच संबिधानसभाको निर्बाचनले भर्खरमात्र युद्धबाट आएको “ने.क.पा.(माओबादी)”लाई संबिधानसभाको पहिलो दल, त्यस पछि पहिले पहिलो दल बनेको “कांग्रेश” दोश्रो दल र “ने.क.पा.(एमाले)” तेश्रो दल साथै नयाँ दल “मदेशी जनाधिकार फोरम” चौथो दलको रुपमा उदायो र संबिधानसभामा जम्माजम्मी २६ दल हुन पुगे|

Karl Marx and Informal Education



“Life is not determined by consciousness, but consciousness by life.”
Karl Marx

Karl Marx never wrote anything directly on education but his influence on writers, academics, intellectuals and educators who came after him has been profound. The power of his ideas has changed the way we look at the world. Whether someone accept his analysis of society or oppose it, he cannot be ignored. As Karl Popper, a fierce opponent of Marxism has claimed all modern writers are indebted to Marx.

Introduction
Karl Marx, the son of Hrischel and Henrietta Marx, was born in trier, Germany (1818).

पृथिवी जयन्ती र यसको सान्दर्भिकता

मिति: २०६५ पौष २६ गते पृथ्वी जयन्ति
      आज पुष २७ गते पृथ्वी  जयन्ती। अर्को शब्दमा तत्कालीन नेपालको एकिकरण दिवस यो दिनले नेपालको इतिहासमा धेरै नै महत्तो रख्छ आज हामी नेपाली भनेर जुन गर्व गर्छौ त्यो P. N. Shah को देन नै हो। तत्कालीन भारतजस्तो बिशाल राष्ट्रलाई पनि आफ्नो कब्जामा लिन सफल British ले तत्कालीन समयमा नेपालमाथि पनि आँखा नगाडेको हैन। तर त्यो कुरा बुझेर नेपालको अश्तित्तोलाई बिश्वमानचित्रमा बचाई राख्न पृ. ना. शाहले जुन कदम चाले, काम गरे, त्यो सरहानिय छ। हून सक्छ उनिले आफ्नो राज्य बढाउन त्यो कदम चाले वा अरु कुनै कारणले त्यो बहसको बिषय बन्न सक्ला, तर तत्कलिन समयमा उनिले चालेको कदमलाई सम्मान गर्नैपर्छ। 

Rural Development

Meaning and Concept of Development
The word development has different connotations. Economically, it is defined as the sustained increase in per capita income commonly known as GNP.Sociologically, it is viewed in three different angles:
(1) transformation of the socio-cultural structures of a given society e.g., political, educational religious, familial and stratificational aspects of human relationships.
(2) it involves a phenomenon called cultural acculturation whereby a less developed society adopts the characteristics of another developed one. Such acculturation is sometimes known as modernization or Westernization.
(3) it has some political undertones where in its realization involves the real condition of independence whereby people of a social group are able to free themselves from colonial bondage i.e., free from inequality, injustice, ignorance, and even poverty as manifested in all aspects of life-economic, political, social, cultural, and the alike.