Showing posts with label Daily Stuffs. Show all posts
Showing posts with label Daily Stuffs. Show all posts

फरक ठाउको फरक संस्कार: एक महिने अमेरीका बसाईको एउटा अनुभव|

साथी सँगको सेल्फी!!!
म अमेरिका आएको आज करिब तिन हप्ता भयो| बिस्तारै यहाँको जनजीबन बुझ्दै छु| यहाँ आएदेखि केही दिन साथीको अपार्टमेन्टमा बसे र पछि सहमतिमा दुइटा कोठा भएको नयाँ अपार्टमेन्ट खोज्यौ र त्यहाँ सर्यौ| साथीको अपार्टमेन्ट क्षेत्रमा नयाँ व्यवस्थापन आएपछि बिना कुनै थप सुबिधा उसको कोठाको मुल्य करिब $१५० ले बढाएकोले गर्दा उसलेपनि नयाँ घर खोज्दै थियो भने मलाई पनि बस्न कोठा चाहिएकोले गर्दा नयाँ ठाउँमा संगै बस्ने भनि नयाँ कोठा खोज्यौ| करिब २ दिन लगाएर सरेपछि यहाँ करिब २ हप्तादेखि नयाँ ठाउँमा छु|

नयाँ ठाउको लागि केही खाद्द्यान्न र समानहरु आवस्यक पर्ने भएकोले गर्दा सामानहरु किन्न साथीको कार चढेर वालमार्ट र क्रोगर (यहाँ समानहरु पाहिने ठुलो पसल) गए| त्यो बेलामा नयाँ कोठामा सरिसकेको थिएनौ त्यही पनि मैले आफ्नै समान प्रयोग गर्नु उचित ठानेर दैनिक जीवनको लागी आत्यवस्यक समानहरु किन्दै थिए, साथीले मसँग भएको सामानहरु प्रयोग गर्दा हुन्छ भन्यो| त्यसपछि अड्कलेर केही समानहरु किने अनि केही समानहरु उसैको प्रयोग गर्दै थिए| आझै पनि कुनै उसकै समानहरु (जस्तै: पाउरोटी तताउने भाडो, चम्चा, गिलास, ओवन, नुन, कफी आदि) प्रयोग गर्छु|

मेरो साथी Rosny Jean (रज्नी जिन) अमिरिकी ग्रिन कार्ड भएको हेईटीको नागरिक र फ्लोरिडाको स्थाई बासिन्दा हो| हामी दुवै एउटै प्राध्यापकको लागी एउटै प्रोजेक्टमा काम गर्छौ| प्रोफेसर मार्फत चिनाजानी भएपछि म उसैसंगै बस्दै आएको छु| मान्छे सहयोगी र मिलनसार नै छ| उसको खान हाम्रो भन्दा अलि फरक भएपनि भात नै खाने भएकोले गर्दा खासै फरक अनुभव हुदैन| खासगरि तरकारी र मासुमा हाल्ने मसला अलि फरक पर्छ अनि उनिहरु भात पकाउदा गेडागुडी, गाजर, विभिन्न स्वादिलो मसलाहरु राख्न रुचाउछन् भने हामी सादा भात बढी खान्छौ| फरक त्यतिमात्र हो अनि मुख्य कुरा मलाई उनीहरुको देशको खान मन पर्छ| खासगरि मसलेदार मासु र माछासँग सादा भात खान मनपर्छ| मैले उसलाई उसको मासु पकाउने तरिका मलाई पनि सिकाउन कयौं पटक भनेको छु तर समय मिलेको छैन| त्यसरी पकाएको मासु निकै मिठो हुने भएकोले गर्दा मलाई त्यो रेसिपी सिक्ने रहर छ| जानेको खण्डमा म पनि त्यसरी नै पकाउने बिचारमा छु| :) :) :) हामी अहिलेसम्म कहिले मेरो देशको खान पकाउने कहिले उसको देशको खान पकाउने गरेर खान बाडेर खाने गर्छौ|

होम-स्टे बसाईको पहिलो अनुभव र गत्लांगको यात्रा|

फेव ५, २०१४

      सुआहरा कार्यक्रमको लागि राडारमा नियुक्ति लिएको पनि करिब २० दिन जति भएछ| यो अवधिमा रसुवा जिल्लाको केही ठाउँहरुमा फिल्ड जाने मौका मिल्यो: जस्तै मेरो पहिलो फिल्ड लहरेपौवा गा.वि.स.को कुवापानीको स्कुल र भलाय-डाडा, भोर्ले गा.वि.स.को सर्सियु र किमार्जुंग, धुन्चेको नजिकैका केही ठाउँहरु आदि| मलाई लाग्छ यो थोरै समयमा मैले धेरै ठाउँहरु घुम्ने मौका त पाएको छैन तर घुमेको ठाउँहरुमा कतैपनि यति धेरै दैनिकी लेखौ-लेखौ कहिले पनि लागेको थिएन| तर आज मलाई बाहुनडाडाको होम-स्टेको अनुभव साट्न निकै नै मन लागेको छ|

      मैले काम गर्ने संस्था राडारद्वारा संचालित घरायसी खाद्द्यान्न उत्पादन परियोजना अन्तर्गत  १००० दिनको महिलाको [गर्भवती भएको दिनदेखि बच्चा दुई वर्ष हुँदासम्मको अवधिलाई हजार दिन भनिन्छ| (९*३०+३६५*२=१००० दिन)] पोषण र स्वास्थ्य स्थितिको सुधारको लागि रसुवा जिल्लाको सबै गाविसमा मौसम अनुसारको तरकारीको बिउ तथा कुखराको चल्ला वितरण गर्ने गरेको छ| यो मौसम (फाल्गुन, चैत र बैशाख)मा हुने मौसमी तरकारीको बिउ वितरणको कार्यक्रम अन्तर्गत यसपाली क्याङ्गकोङ बालीको थाई पालुंगो नामक जात, स्क्वास बालीको ग्रे जुकिनी जात, पालुंगो बालीको काँडे जात, खुर्सानी बालीको पुसा ज्वाला, भिंडी बालीको पुसा साउनी, सिमी बालीको चौमासे जात, भन्टा बालीको पुसा पर्पल लंग जात र स्विसचार्ड बालीको सुसाग जात वितरण गर्ने कार्यक्रम परेको छ|

    यसै कार्यक्रमको तयारीको गर्दागर्दै आजको दिन बित्यो| मेरो जिम्मेवारी कृषि तर्फको कार्यक्रमको योजना-तर्जुमा तथा सुपरिवेक्षण परेकोले मैले नै सबै चाजोपाजो मिलाउनुपर्ने थियो| त्यसैले बिहान करिब ९ बजे देखि नै कार्यालयमा ब्यस्त हुन पुगे| बिहानदेखि नै बिउ छुट्टयाउने देखि लिएर फिल्ड सुपरभाइजरहरुलाई फोन गरेर जानकारी गराउने सम्मको काम गर्दागर्दै करिब ४ बजिसकेको थियो| तालिम लगायत अन्य क्रियाकलापहरु अबलोकनको लागि म र गान्धी राज वाग्ले सर गोल्जुंग जाने कार्यक्रम केही दिन अघि नै तय भएकोले त्यो ठाउँको लागि आवस्यक बिउ मैले लिएर जाने पक्कापक्कि भएको थियो| यसै अनुरुप सबै कार्यक्रम तय गरेतापनि गान्धी सर काम बिषेशले गर्दा जान नमिलेपछि म एक्लैले उक्त सामग्री लग्नुपर्ने भयो|

धुन्चे रसुवा जादाको र जागिरको पहिलो दिनको अनुभव|

मिति: माघ ३ गते, शुक्रबार|
Jan 17 2014 Friday

सुआहरा कार्यक्रमलाई थप प्रभावकारी बनाउनको उक्त कार्यक्रमसंग सम्बन्धित स्थानीय गैर-सरकारी संस्थाहरुमा केही पदहरु थप गर्ने भएको रहेछ| त्यो मध्ये कृषि प्राबिधिक सहायकको पदको दरबन्दी खुला गरिएको रहेछ| उक्त कार्यक्रमको लागि हेलेन किलर इन्टरनेसनलमा अन्तरवार्ता दिएपछि  Rural Access Development and Research [RADAR], Nepal अन्तर्गत रहेर नेपालको दुर्गम जिल्लाहरु मध्ये एक मानिने रसुवाको धुन्चेमा कृषि प्राबिधिक सहायकको रुपमा काम गर्ने सुनौलो अवसर मिल्यो| [राडार र सुआहरा के हो भन्ने कुरा मैले अर्को ब्लगमा लेख्ने छु| त्यसको लागि http://bijeshmishra.wordpress.com हेर्दै गर्नुहोला|]

मिति २०६४ साल माघ १ गते राडारसँग नियुक्ति पत्रमा हस्ताक्षर गरेपछि माघ २ गते धुन्चे जाने कार्यक्रम बन्यो| साथमा म संगै Data Management Officer पदमा नियुक्ति लिनुभएको अर्का एकजना बि.पी.एच्. गर्नु भएको साथी अमृत ड़ागी र राडारको Account हेर्ने साथी चन्द्र के.सी. संगै एउटै गाडीमा जाने भनेतापनि चन्द्रजीको कार्य-व्यस्तताले गर्दा हामी दुई जनामात्र जाने निश्चित भयो| अमृतजी पहिले पनि गोसाईकुण्डसम्म पुग्नु भएकोले धुन्चेसम्म जानको लागि बाटो लगायत अन्य कुराको गारो नपर्ने भयो| हामीसँग धुन्चे राडारमा Field Coordinatorको रुपमा कार्यरत शिव पाण्डे मेडमको सम्पर्क नम्बर भएकोले र कार्यलय सहायक किशोर तमाङ्ग दाईले पनि सहयोग गर्ने भएपछि हामीलाई कुनै समस्या नपर्ने भयो| बस्नको लागि कोठाको बन्दोबस्त पनि किशोर दाईले गरिसक्नु भएको थियो| त्यसको सबै व्यवस्था चन्द्रजीले फोनमार्फत मिलाउनु भएको थियो| माघ एक गते नै धुन्चेसम्म पुग्ने टाटा सुमोको टिकट लिईसकेका थियौ| त्यसपछि मैले उक्त दिन कोठामा आएर नुहाईधूवाई, झोला मिलाउने जस्ता कामहरु पनि गरे|
अमृतजी र म ढुंगे बजार त्रिशुलीमा खाना खाएपछि|

एक जिम्मेवार पत्रकारले २०७० सालको संबिधान सभाको निर्बाचनको परिणाम सम्बन्धमा गर्नुभएको रमाइलो|

Rabindra Mishra जीले आफ्नो फेसबुक पेजमा लेख्नु भएको एक रमाइलो पढे पछि मैले उहाँलाई सोधेको प्रस्न: "रबिन्द्र मिश्रजी, जिम्मेवार पत्रकारहरु पनि राजनैतिक दलहरुको पक्ष्य र बिपक्ष्यमा हुदा रैछन् है? कम्तिमा आफ्नो "स्वच्छ र स्वतन्त्र पत्रकारिता" को धर्मलाई बचाई राख्नको लागि आफ्नो आस्था जेमा भए पनि आफै भित्र मात्र राख्न किन नसकेका हुन्?" मलाई लाग्छ यो प्रस्न उहाँले दलका नेताहरुलाई सोध्ने प्रस्नको स्तरभन्दा कम छैन|हेरौ है उत्तर के आउदो रहेछ| CC: BBC News BBC Nepali BBC World News #BBC #BBCNepali#RabindraMishra #NepaliPolitics #NepaliVotes #NepaliVote #Election

Please vote for the photo! #UNESCO #ISIC PhotoCompetiton


सम्झनामा रामपुर

रामपुर बसाईका सम्झनाहरु :
रामपुर प्रवेश: फरक उद्देश्य| Entrance तयारी: केशव दाईको रुम; संगीता दिदि, भिम, ईश्वर, अमित, कुमार दाईहरुको माया; सन्जिब दाई: Refreshing गफ; साइन-डाईका अनुभवहरु| मंगलपुर: पुरु, जीवन, अंकुर, संजय, सुजन, बेद, मेघ; जाचपछि तास| स्व.बि.यु. निर्बाचन: घाइते, First Voter| Agronomy Practical Exam: साइकल हकाई| पहिलो नयाँ वर्ष| होस्टेल बसाई: रुपाहरु बिबेक, बिशाल, देवेन्द्र, बिनोद, जितु| Welcome: Singer भैयो, क्यामरा हरायो| हजुरबाको मृत्यु| Student Receiving, यादमा Archana N D Group| प्रमिला काण्ड: विश्वासको संकट| Football Keeper: Man of the Match |D209 पार्टी| साथीहरुसंग मनकामनापछि घर| रामदाईको पार्टी| बिशाल, बिबेक, अनुपसंग बन्दीपुर, गन्हाउदै घर| पहिलो टुर: हेटौडा, बीरगंज, जनकपुर| Blood Donation and Volunteer| लम्जुंग गईयो, पक्लिहवा रहर| शिवघाटमा शिवरात्रि: रविकिरणको हुइया| पूर्वटुर: सिक्किम: सस्तो रक्सि, नम्रताको औँला; गांदी मार्ग, रक गार्डेनको मस्ती; दार्जिलिंग; पशुपतिनगरको भात र छ्यांग; नेपालमा: थकान, फिक्का| भारत यात्रा: उत्साह, रेलको अनुभव नौलो, बिरयानी; Hotel Paradise: मस्ती; BDM सँग विवाद; चेन्नाईमा तिहार Missing Sister, टिका; बिशालसंग Express Avenue: Real Steel, 2AM होटेल फिर्ती; केरेला: भात सित्तै; कोभ्यालम: Sunset; Trivendrum: कुकुर्किदै रावण; बंगलोर: बिजोग, बसपार्कको सुताई; Goa: समुन्द्रमा पौडी, Gastritis, सस्तो बसाई, फेन्नी, काजु, टि-सर्ट टाका; मुम्बई: प्लेटफर्मको सुताई, फाइन, Water kingdom: मस्ती| लोकल ट्रेन: कस्टपूर्ण यात्राहरु; यहेम्दाबाद: आरामपछि अल्छी; दिल्ली: श्रीकृष्ण श्रेष्ठसंग जम्काभेट, मेट्रोको अनुभव; सिम्लामा Rockstar, चिसो पानी| GSS President| राजनीति: लहैलहै| क्लास पार्टी, पिकनिक अधुरो| पश्चिम टुर: सबैभन्दा रमाइलो; चियाबिना सिया, बसमा Wild, हृषिकेशमा Rafting; पाल्पामा बस्याल| खसी रहर, केटीहरुले कुखुरा| चैते-दसैँ Eve: नम्रतासँग नाच| पन्चवर्ष: लालेको भरिया, होली, BBC, अनसन, अनिश्चित भबिस्य| २०७० जेठ ९| यादमा: रुपाहरु, मंगलपुरे, सुशील, झा, राजिब, Nams, प्रति, सेरे, रवि, सुदिपहरु, भान्जा, भेना, अनन्ते, भाई दिपिन्द्र, Juniors|
 Last Line: जिन्दगीको मुख्य जीवन यही बिताईएछ, आफूबाट कति कुरा यहीबेला रित्त्याईएछ; फेरी पनि यहीबाट धेरै कुरा भित्र्याईएछ| रामपुरमा जीवनलाई बुझ्ने मौका पाए|

रामपुर क्याम्पसको अन्तिम क्लास पार्टी र मेरो जन्मदिन

स्नातक तहको चार बर्षे पढाई सकेसंगै आफ्नो जिबनको गोरेटो तय गर्दै रामपुरबाट निस्कने बेलामा सबै साथीहरु बिचमा एउटा जमघट आवस्यक थियो; मात्र खाचो थियो बहानाको| त्यो बहाना वा अवसर दिलाइदियो केटीहरुको Handball र Basketball को एतिहासिक बिजयले| अनि तय भयो जमघटको मिति २०७०.०२.०९, बिहिबारको दिन | संयोग भन्नुपर्छ त्यहि दिन पर्यो मेरो जन्मदिन| ५ वर्षको बसाइमा अरु बेला मेरो जन्मदिन मनाउने अवसर रामपुरमा मिलेन| प्रायः बिदा पर्थ्यो| तर यसपाली त्यो अवसर मिल्यो, सेमेस्टर लम्बिनाले| यो निकै उपयुक्त र अमुल्य अवसरको उपयोग गर्दै मैले पनि आफ्नो जन्मदिन रामपुरमा पहिलो र अन्तिम पटक मनाउने निर्णय गरि साथीहरुलाई Surprise RedBull Party गर्ने विचार गरेर सबै कुराको चाजो-पाजो मिलाए| यता साथीहरुले पनि मेरो जन्मदिन भन्ने थाहा पाएर Surprise Birthday Cake को व्यवस्था गरेछन् मलाई Surprises दिनको लागि| त्यसपछि बन्यो करिब ४० जनाभन्दा धेरै जनाको उपस्थितिमा रामपुर सेक्शन ए ब्याच २००९-१३ को क्लास पार्टी र मेरो Birthday Party को Cocktail| मलाई जन्मदिनको सुभ कामना र Cake Surprises दिने सम्पूर्ण साथीहरुलाई मुरीमुरी धन्यबाद| यो दिन मेरो मानसपटलमा सदैब कैद भएर रहनेछ| उक्त क्लास पार्टीको केही झलकहरु|

प्रणय दिवस (valentine Day)

मिती: फाल्गुन०६,२०६९.आइतबार (Feb 17, 2013,Sunday)
९ फेव २०१३

प्रणय दिवस वा Valentine day; माया गर्नेहरुको दिन| बिशेष गरेर मायालु, प्रेमिका वा साथीहरुसँग माया-मोह साटासाट गर्ने दिन| तर आफ्नो न त कुनै प्रेमिका छ न त मायालु| त्यसैले त्यो दिन प्रेमिकासँग नभए पनि यौटी निकै मिल्ने साथी अझ भनौ साथिनीसँग फिल्म हेर्न जानुपर्यो भनेर फोन गरे|

“हेल्लो|”

“हेल्लो! गणेश कता छौ?” मेरो हेल्लो मै उसले सारा विवरण पत्ता लगाई| आखिर ३-४ वर्षअघि देखि संगत गरेको साथी न हो मेरो स्वर चिन्न उसलाई कुनै गारो परेन|

“म राजधानी तिर| के गर्दै छौ तिमी?” मैले राम्रोसँग जवाफ फर्काउन नपाउदै मेरो प्रश्नको जबाफमा उताबाट प्रतिप्रश्न आउँछ| 

“तिमीले काठमाण्डौँ आए पछि भेट्छु भनेको थियौ, भेट्ने हैन?”
त्यसैले त तिमीलाई फोन गरेको नि भनेर भन्न मन त लगेको थियो तर उसले नै प्रताब राखेपछि मैले केही बर्गैनिंग गर्न पाउने हुनाले र मैले भनेको दिनमा भेट्नको लागि उसलाई मनाउन सजिलो हुने भएकोले केही भाउ खोजे जस्तो गरे|

“भेट्न हुन्थ्यो तर हेर न अति ब्यस्त छु| मैले धेरै काम गर्नु छ| तै पनि भन कैले भेट्ने?”

Letter to an Author of Book "Three Mistakes of My Life"


Date: November 24, 2012
Dear Writer,
This is my first mail in my life to any author to give feedback. Usually I just read book and never write feedback to anyone. But after Reading your books “Three Mistakes of My Life” and “One Night at Call Centre” I can’t stop myself writing feedback mail to you. I was inspired to buy your books from bookshop after I read Three Mistakes of My life. I bought your five books after I read this book. First I like to tell you story how I bought your books.


Picture: Part of mail sent in to Mr Chetan Bhagat to in his official website (www.chetanbhagat.com).
This mail was sent by blogger in info@chetanbhagat.com

Tour of Western Nepal and My Expectations

 Date: Saturday, Nov 03, 2012 (Kartik 18, 2069)

When I was beginner in Institute of Agriculture and Animal Science, Rampur (IAAS), I used to hear my seniors explaining about tours of IAAS in four years bachelor. They used to talk about tour to eastern and western part of Nepal and all India. Sometime one day tour to National Seed Company, Hetauda also used to become topic to talk about since it is eagerly awaited first tour in Rampur Campus. Talk about one month all India tour remains for whole bachelor period. Before tour it becomes mystery to all and after it’s described as lifetime great achievement. Suggestions given by seniors to juniors before attaining one month all India tour based on their experiences and information given about places they visited always used to make me excited to attain those tours and visit those places. I used to listen avidly to those tour gossips, places they visited, moments they enjoyed, activities they did and see their snapshots they had taken during tours. Those gossips, activities and snapshots always used to make me crazy and my hidden interest to attain tours and visit those places becomes stronger from inside and tries exposing outside unknowingly. My interest in learning something practically in discipline of my study and habit to enjoy natural beauty of places I visited also might be another cause of my stronger interest. Beside that I always used to dream about entertainment and memorable moments that I’m interested to make with friends. It was not only the matter of education and entertainment but it was also great lifetime achievement for me because I might not (might be too) get opportunity to visit and see almost whole geographical distribution pattern and climate of various parts of Nepal and India after graduation. Those dreams, eagerness of learning, habit of enjoying natural beauty and avidity of opportunity always inspired me to stand strong in the favor of tour.

This Is How My Dashain '69 Ends


Saturday 27 October, 2012 (Mangsir 11, 2069)
Dashain is greatest festival of Hindus. According to Hindu myths this festival is celebrated on the auspicious occasion of victory of truth against false, good against bad, god against monster and moral against amoral. Hindu believes goddess Durga made victory against monster in these ten days of this festival. So Hindu prays goddess Durga for her victory and making whole world free from the evil. Many stories had been written and narrated relating with Dashain in Hindus holy books.