Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

केही फुटकर नुवाकोटे रचनाहरु|

सुआहरको घरायसी खाद्द्यान्न उत्पादनसम्बन्धि प्राथमिक तालिमको सिलसिलामा नुवाकोटमा तालिमको अवधिमा तालिममा लेखिएका केही हरफहरु यहाँ राख्दै छु| पछि सम्झनाको लागि सुरक्षित हुन सक्लान्|

माया प्रेमका केही कुराकानीहरु:

रचना १:
सुनाउनेहरु सुनाउँछन् गजलकारको, गजलबाटै माया बस्छ रे
पहिलो भेटमै कस्तो जादु, नजरबाटै माया बस्छ रे!

रचना २:
नबोलेरै हेराहेर भयो धेरैपटक
नजरैमा कुरा फेरफेर भयो धरैपटक!

नबुझेको कसले हो, तिमीले कि मैले?
मन मिल्न खोजेजस्तो  भयो धेरै पटक!!

त्यसैले,
समय र परिवेशको अनुकुलतामा
नुवाकोट तिरै सरु सरु भयो धेरैपटक!!!

छन् त फगत, जिर्ण अनि चेतना सुन्य मन अनि तिम्रो आगमनमा प्रतिक्षारत नयन|




अनायसै आयौ
नयनको सितलता बनि
बिझाएनौ,
त्यसैले त
प्रतिक्षामा नयनहरु बिच्छीए
मन मस्तिकमा राज जमायौ
बानि परेछौ
अनि
सामिप्यता खोजे|

शान्ता चौधरी: कमलरीदेखि सभासदसम्म|


कोलिंसमा GREको पढाई सकेर फर्केपछि कोठामा मात्र के छिरेको थिए, अगाडिको टेबलमा अनौठो नाम गरेको एउटा पुस्तकमाथि मेरो नजर पुग्यो—“शान्ता चौधरी: कमलरीदेखि सभासदसम्म” | पुस्तकको नाम आफैमा मेरो ध्यान खिच्नको लागि पर्याप्त थियो| पुस्तकको बिषय-बस्तुमा सरर्सर्ती नजर डुलाउदै जादा मेरो ध्यान, त्यहाँ भित्रको एउटा अध्यायको शीर्षकमा गयो: गर्भवती भएपछिको पिडा, जसको केही अंश म यहाँ जस्ताको त्यस्तै राख्न चाहन्छु|

“उपाय केही थिएन| पुनः जलेको छाप्रो टालटुल गरि त्यही बस्न थाल्यौ| भर्खर दोस्रो पटक सुत्केरी भएकी मान्छे, खानेकुरा केही थिएन| भोकभोकै दिन बिताए| एक वर्ष अगाडी मात्रै मेरो पहिलो बच्चा जन्मिएको थियो| त्यो बेला पाँच दिनसम्म पानि मात्र खाएर बचेको स्मरणले मलाई आज पनि उत्तिकै पिडा दिन्छ| हुन त मलाई सुरुदेखि नै नुन खुर्सानी असाध्यै मन पर्थ्यो| जुन अहिले पनि उत्तिकै मन पर्छ|......| तर त्यतिबेला आफूलाई मन पर्ने त्यही नुन खुर्सानी पनि मलाई रहर नै भयो| भोको पेटका कारण दुध आउन बन्द भयो| दुध सुक्यो| दुध खान नपाएपछि बच्चा शिथिल हुदै गयो र उन्नाइसौँ दिनमा बच्चा मर्यो| बच्चाको मृत्युले मलाई साह्रै पिडा भयो| त्यो दिन सम्झदा अहिले पनि भक्कानो फुटेर आउछ|”

लघुकथा: मेरो सपनाको राजकुमार|

ऊ नेपालको ग्रामिण भागमा पर्ने कुनै बोर्डिंग स्कुलको कक्षा एकमा पढ्थ्यो| पहिलो चार पिरियड पढेपछि एक बजेको छुट्टि हुन्छ| खाजा खाने ठाउँमा एक्लै बसेर झोलाबाट खाजाको बाकस झिक्दै गर्दा एक्कासी हातबाट बाकस भुइँमा झरेर सबै खाजा पोखिन्छ| ऊ रुन थाल्छ| यत्तिकैमा एकजना आफ्नै कक्षामा पढ्ने एकजना केटि साथीले "किन रोएको? खाजा पोखिएर हो? आऊ! मेरो ममीले मिठो खाजा बनाएर पठाई दिनुभएको छ, संगै खाऊ|" भनेपछि उसको रुवाई बन्द हुन्छ| उक्त दिन उनीहरुसँगै खाजा खान्छन्, खेल्छन् र पढ्दा पनि एउटै बेन्चमा सँगै बस्छन्| त्यो दिनदेखि उनीहरु नजिकको साथी हुन्छन्| खेल्ने, खाने, बस्ने, पढ्ने जस्ता क्रियाकलापहरु सधै सँगै गर्दै जादाँ उसलाई उक्त केटी मनपर्न थाल्छ| निकै साहश गरेर उसले आफ्नो मनको कुरा कापीको पन्नामा लेखेर केटीको झोलाको बाहिरी गोजीमा राखिदिन्छ| केटीले आफ्नो झोलाबाट कलम झिक्ने क्रममा उक्त चिठी भेट्छिन र पढेपछि निकै रिसाउछिन्| उक्त चिठी स्कुलको निकै कडा मानिने एकजना शिक्षकको जिम्मा सुम्पिदिन्छिन| माया गरेको बदलामा त्यसदिन उसले नराम्ररी कुटाई खानुपर्छ साथै आफ्नो निकै मिल्ने साथी पनि गुमाउन पुग्छ| त्यसपश्चात उसले केटीसँग बोल्न कयौ कोशिश गर्छ तर केटीको अगाडी उसको केही लाग्दैन| दुई, तिन चार, पाँच हुदै दश कक्षासम्म पुग्दा पनि उनीहरुको बोलचाल हुदैन| यत्तिकैमा प्रबेशिका परिक्षा पनि सकिन्छ तर उनीहरुको बोलचाल कहिल्यै हुदैन|

१०+२ को समाप्तिसँगै केटोले आफ्नो थाप्लोमा पारिवारिक जिम्मेवारी आएको महसुस गर्छ| जागिरको खोजीमा यत्रतत्र भौतारिदै जादाँ कसैले उसलाई फ्रेन्च आर्मी बनाइदिने प्रस्ताव राख्छ| केटोको मनमा तर्कनाहरुको  घमासान युद्ध चल्छ; ऊ निकै दुबिधामा पर्छ| | अन्तमा उसले आफ्नो सुन्दर भविष्यको लागि एकपटक आफ्नो जिवनलाई दाउमा राखेर आर्मी बन्ने सपनाको लिएर विदेशतिर हानिन्छ| आफ्नो गन्तव्यमा ऊ सफल पनि हुन्छ| गाउँ गाउँमा उसले गरेको प्रगति र उसले कमाएको धनको प्रसंसा हुन थाल्छ| सबैले उसको गुणगान गाउन थाल्छन्|

खाए पनि नखाए पनि...

खाए पनि नखाए पनि
पछुताउने विष हजुर
माया लाउने भन्नु पनि
दुनियाँलाई रिस हजुर||

माया लाउने रहर थियो
नहुने रहेछ एक्लै हजुर
रहर भए पनि एक्लै हुदाँ
नखाएरै खाएको जहर हजुर||

आइदिए कोहि नयाँ
सुम्पिदिन्थे यो दिल पनि
आधा जिन्दगि काटिसक्यो
आजसम्म एक्लै हजुर||

मोफसलका उत्कृष्ट सृजनाहरु

धेरै दिन पछि ब्लगमा केही लेख्न मन  लागेतापनि लेख्ने बिषयवस्तु नै पाएको थिईन| एकछिन गम्दा-गम्दै अनि डुल्दा-डुल्दै केही राम्रा हरफहरु पढ्ने मौका जुर्यो अनि तिनै हरफहरुलाई ब्लगपोस्ट बनाउन मन लाग्यो|

******************************************************
मोफसलका केही उत्कृष्ट शेरहरु:
******************************************************

बिजेश मिश्र:
उसले छाडे पछि सराबी भएको छु
सराबी भएर नै खराबी भएको छु
भेटिए बाटोमा कतै सुनिदिनु उसलाई
पहिला ठिकै थिए अहिले जथाभावी भएको छु|
******************************************************

गीता खरेल "अनामिका"
अनुउत्तरित प्रश्न खोज्दै जवाफ, धरातल बिनाको बास कस्तो
कालरात्रिमा छालसँगै डुबेको डुंगा, मस्त निन्द्राको आस कस्तो
मुल्य सुची बिना, कुनै वस्तु बाँकि रहेन अब
सबै तामझामको मूल कारक, आमुल्य यो सास कस्तो
आफैलाई देख्न असफल छन्, संसार देखाउने आखाहरू
हजार खुशिहरुले पनि नसाटिने, यही  पिडा खास कस्तो|
******************************************************

छापामार युवतिको डायरी

भनिन्छ युद्धमा प्रेमको अंश हुदैन र प्रेममा युद्धभन्दा पनि समझदारी र समर्पण आधिक हुन्छ| यो पनि भनिन्छ “प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ|” तर युद्दका दुई ध्रुबहरु बिचमा एकै साथ प्रेम र युद्द! के त्यो सम्भव होला?

छापामार युवतिको डायरीमा यही कुरालाई देखाउन र प्रस्ट्याउन खोजिएको छ| ६ कक्षा पढ्दा नपढ्दै करिब १५ वर्षको उमेरमा जनाधिकार र सर्बहारा वर्गको सत्ता सुनिस्चितता गर्ने सुनौलो सपना बोकेर जनयुद्धमा होमिएकी छापामार युवतिद्वारा लिखित यस उपन्यास/संस्मरणमा युद्धका दुई ध्रुबबिचको प्रेमलाई बयान गरिएको छ|

जनयुद्धमा हिडेको करिब ३ महिनामा नै पक्राउ परेर ईलामको सैन्य ब्यारेक, प्रहरी हिरासत हुदै जेलसम्म पुगेकी युवति/लेखिकाले सैन्य जवानहरुबाट र पुलिसहरुबाट पाएको माया, घृणा, सद्भाव, आक्रोश, सम्मान तथा तिरस्कारहरु यस रचना मार्फत पोखेकी छिन्| त्यसका अलाबा यस रचनामा सैन्य ब्यारेकभित्रको गतिबिधि, हिरासत तथा जेलमा भोग्नु परेका कस्ठ र यातनाहरु, सैनिक नियन्त्रणमा हुँदाको मानसिक अवस्था, हिरासत तथा जेलमा हुँदाको मानसिक अवस्था, जेलभित्र आफूजस्तै अरु छापामारहरु भेट्दाको खुशी, त्यहाँ भेटिने अन्य मान्छेहरु र तिनीहरुको मानसिकता, गतिबिधिहरु र तिनीहरुको व्यवहार, तत्कालिन ने.क.पा. (माओवादी) र हाल एकिकृत ने.क.पा. (माओवादी) लाई हेर्ने दृष्टिकोण आदिको बारेमा पनि बयान गरिएको छ|

बिक्रम सम्बत २०६७ साल भदौको महिनासम्म चार ओटा संस्करण प्रकाशित भईसकेको यस पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकासन गरको हो भने भासिक शुद्दशुद्दी वा सम्पादनको काम पुस्कर पन्थीटेकनारायण ढकालले गर्नुभएको हो|

       जम्मा-जम्मी १६० पृष्ठ रहेको यस उपन्यास/संस्मरणलाई १५ ओटा विभिन्न शिर्षकहरुमा बिभाजन गरिएको छ| मैले तयार पारेको उक्त पुस्तकको यस सारंश/संक्षिप्त टिपोट तिनै शिर्षक अनुसार नै गरेको छु र क्रमिक रुपमा त्यसै अनुसार राखेको छु| प्रस्तुत छ २०४७ साल भाद्र २३ गते पन्चकन्य ७ आठघरे , ईलाममा जन्मिएकी पूर्व ने.क.पा. (माओवादी) छापामार तारा राईअनमोल” द्वारा लिखित “छापामार युवतिको डायरी”को संक्षिप्त टिपोट/सारंश:

प्रणय दिवस (valentine Day)

मिती: फाल्गुन०६,२०६९.आइतबार (Feb 17, 2013,Sunday)
९ फेव २०१३

प्रणय दिवस वा Valentine day; माया गर्नेहरुको दिन| बिशेष गरेर मायालु, प्रेमिका वा साथीहरुसँग माया-मोह साटासाट गर्ने दिन| तर आफ्नो न त कुनै प्रेमिका छ न त मायालु| त्यसैले त्यो दिन प्रेमिकासँग नभए पनि यौटी निकै मिल्ने साथी अझ भनौ साथिनीसँग फिल्म हेर्न जानुपर्यो भनेर फोन गरे|

“हेल्लो|”

“हेल्लो! गणेश कता छौ?” मेरो हेल्लो मै उसले सारा विवरण पत्ता लगाई| आखिर ३-४ वर्षअघि देखि संगत गरेको साथी न हो मेरो स्वर चिन्न उसलाई कुनै गारो परेन|

“म राजधानी तिर| के गर्दै छौ तिमी?” मैले राम्रोसँग जवाफ फर्काउन नपाउदै मेरो प्रश्नको जबाफमा उताबाट प्रतिप्रश्न आउँछ| 

“तिमीले काठमाण्डौँ आए पछि भेट्छु भनेको थियौ, भेट्ने हैन?”
त्यसैले त तिमीलाई फोन गरेको नि भनेर भन्न मन त लगेको थियो तर उसले नै प्रताब राखेपछि मैले केही बर्गैनिंग गर्न पाउने हुनाले र मैले भनेको दिनमा भेट्नको लागि उसलाई मनाउन सजिलो हुने भएकोले केही भाउ खोजे जस्तो गरे|

“भेट्न हुन्थ्यो तर हेर न अति ब्यस्त छु| मैले धेरै काम गर्नु छ| तै पनि भन कैले भेट्ने?”

जिन्दगीका बिसौनीहरु यसै बसे जस्तो लाग्छ...


जिन्दगीका बिसौनीहरु यसै बसे जस्तो लाग्छ|
मन भित्रका बिश्वाश आफैभित्र धसे जस्तो लाग्छ||

चाहनाहरु अनगिन्ति मनभित्रका किन  हो कुन्नि
फक्रिन नपाई फुलबारीमा यसै खसे जस्तो लाग्छ|
जिन्दगीका बिसौनीहरु यसै बसे जस्तो लाग्छ||



THE DAY I EXPERIENCED RAFTING FOR THE FIRST TIME

Date: December 03, 2012
(18 Mangsir, 2069 B.S.)

November 07, 2012 Hariduwar. Early in the morning at 4:30 A.M., my sleep was distrubed by noise of my friends and their rush for visit. When I was just opening my eyes most of my friends inside my room were almost ready. Still I was thinking to sleep for while and enjoy the warmth of bed in winter. After few minutes despite my entimicy with sleep and bed, I woke up making an aim to join with my friends. Actually I didn’t have any plan to leave my friend or let them go for visit without me instead I was interested to join them. This is because we had planned to visit Deheradun after visiting important places of Hariduwar. I didn’t want to miss that opportunity and heading towards Dheradun alone was tough and tedious job for me as I was from Nepal and visiting those places for the first time in my life. I hurried to become fresh and requested my friends to wait for me until I would finish my daily-stuffs-after-bed. I entered into the bathroom with my toothbrush, some innerwares and towel. I was planning to take bath before going outside. When I came outside from bathroom, none of them were inside room but left room without taking me.

Now I had no option except visiting those places alone as my other friends were still enjoying warmth of bed and my roommates had already left me alone. After putting some sunblock and perfumes I left the room. I planned to catch my friends who left me. So I followed them making guess that they might have gone nearby temple.

Letter to an Author of Book "Three Mistakes of My Life"


Date: November 24, 2012
Dear Writer,
This is my first mail in my life to any author to give feedback. Usually I just read book and never write feedback to anyone. But after Reading your books “Three Mistakes of My Life” and “One Night at Call Centre” I can’t stop myself writing feedback mail to you. I was inspired to buy your books from bookshop after I read Three Mistakes of My life. I bought your five books after I read this book. First I like to tell you story how I bought your books.


Picture: Part of mail sent in to Mr Chetan Bhagat to in his official website (www.chetanbhagat.com).
This mail was sent by blogger in info@chetanbhagat.com

दुई आँखै नशालु...


२०६९.०७.१६ बिहिबार
(
November 01, 2012)



दुई आँखै नशालु बन्दुक किन चाहियो
मायाले मन भरिएको छ सन्दुक किन चाहियो |


सपनीमा आ’कैछौ काले बिपनिमा तिम्रै याद

आमा

मिती २०६९.०१.१०   (April 22, 2012)
साहित्य अनन्त छ, न त कतै कैद हुन्छ
त्यसैले त अप्रतियोगी बनि आयो बिजु
भावनामा बग्दै लेख्नुमा बेग्लै आनन्द छ ||

(Earth Day 2012 को अवसरमा सेती महाकाली समाज, कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान रामपुर, चितवनले आयोजित कविता प्रतियोगितामा वाचित  अ प्रतियोगी कविता)

ऐया र आथ्था! आमा आज रोइरहेकी छिन्
म माथिको अन्याय कम गर, आमा पल पल कहिरहेकी छिन्|

प्रेमका सौगातहरु तिम्रोलागी !!!!!!

मिती २०६९.०१.०३ 
मृगनयनी रुप तिम्रो
सुनकेश्री केश होलान|
त्यही रुप संझी संझी
भाकल गरि कति रोलान्||

मुस्कान तिम्रो झनै मिठो
दंत्ये लहर खोली  हाँस्दा |
भोक तिर्खाको पनि यहाँ
हुँदैन रे कसैलाई वास्ता ||

जिन्दगीका बिसौनीहरु यसै बसे जस्तो लाग्छ

मिती २०६९.०१.०३ 
जिन्दगीका बिसौनीहरु यसै बसे जस्तो लाग्छ|
मन भित्रका बिश्वाश आफैभित्र धसे जस्तो लाग्छ||

चाहनाहरु अनगिन्ति मनभित्रका किन  हो कुन्नि
फक्रिन नपाई फुलबारीमा यसै खसे जस्तो लाग्छ|
जिन्दगीका बिसौनीहरु यसै बसे जस्तो लाग्छ||

चोट दियौ ठिकै छ...

मिती २०६९.०१.०१ 
चोट दियौ ठिकै छ, माया झैँ ठानेकी छु
रजनी दियौ बिहानी मै, सन्तोष नै मानेकी छु।

सम्झन्छु तिम्रा घृणा प्रिय, मुटु पोल्छ आनयासै
नझरोश यी आँसु भनि, नयनमै  धनेकी छु।
चोट दियौ ठिकै छ, माया झैँ ठानेकी छु।।।

I lost forever...

Though it’s unbelievable truth
Though I know you’ll never come back
Why ain’t my heart accepting the truth?
Anyone passing before me
I think it is you
Your image is permanently
etched in my eyes
Though I am in crowd
I’m still lonley
In the world of lonliness
You left behind for me

उस्तै उस्तै नै छ

बर्षौ पछि पनि मेरो मन उस्तै उस्तै नै
उजाड यो बस्ति अनि बन उस्तै उस्तै नै


ऋतुहरु बदलिए फेरिए विचार पनि
आँसुसंगै बच्नु पर्ने चलन उस्तै उस्तै नै

तछाड मछाड गर्दै गर्दै लार्बरिन्छन् पाइलाहरु
नियतीको पर्खाल भित्र जीवन उस्तै उस्तै नै

गजल


मनै छैन, रहरै छैन, भन्दा भन्दै मनमुटु साटियो रे
मलाई माया गर्दा गर्दै त्यो मन अन्तै बाटीयो रे|

मेरो साथ छुटाउन, तानाबाना बुनियो रे
पहिले तिमि राम्रो मान्छे पछि त बैगुनी हो रे|

अह! अह! हुदै हैन, मैले माया लाएकै छैन
अंगाल्दै चुमेका ति पल जीवनको एउटा भुल हो रे|

Missing You

The emptiness that remains in me
is not due to what I lost behind
But is due to what? May be
I made you go away.

Lonely like I'm feeling now
I know you are feeling too
But don't know why you left me
That's not the mistake what I did.