Showing posts with label समय सन्दर्भ. Show all posts
Showing posts with label समय सन्दर्भ. Show all posts

बि. बि. सी. साझा सबालमा भएको बहशको प्रतिक्रिया|

(एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सातौँ महाधिवेशनले पारित गरेका नीतिहरुको सम्बन्धमा फाल्गुन ०६,२०६९ गतेको बि. बि. सी. साझा सबालमा भएको बहशको प्रतिक्रिया|)

प्रसारित प्रतिक्रियाको स्वरूप:

“हिजोको बि. बि. सी. साझा सबाल सुनिसकेपछि तनहुँका बिजेश मिश्र आफ्नो प्रतिक्रियामा लेख्छन्:
नेपाल यतिखेर दशरथ रंगशाला बनेको छ, नेताहरु खेलाडी र भारत प्रशिक्षक| खेलाडीहरु र टिम फेरिएपनि खेल उही रहिरहने हुनाले पुराना खेलाडीहरुको झ्याली खेल्ने परिपाटी नफेरिदासम्म देशले वास्तविक निकाश, सार्बभौमिकता र राजनैतिक स्थिरता पाउने सम्भावना छैन|


            Link For Audio: https://soundcloud.com/biju9bjs/kg0iwj6nqfac

सम्प्रेषित प्रतिक्रियाको स्वरूप:

लुकाइएको नेपाली इतिहास (प्रा.डा. एच.जी.बेहर जर्मनी)


राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ | तर वास्तविक इतिहास लुकाइएको छ | यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ | पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा म प्रस्तुत गर्दै छु | वास्तविकता थाहा पाएपछी निश्चित रुपमा पृथ्वी नारायण शाहका अन्ध भक्त हरु मर्माहत हुने छन् | त्यसैले अन्धभक्त हरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु |
german


सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी)मा बस्थे | उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो | नेपाल (हाल काठमाडौँ पाटन भक्तपुर)का राजाहरु चांदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए | उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले |
शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटालाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे | तर उनि सफल भएनन् | अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे | सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वी नारायणलाइ भक्तपुरको राजासित बस्न पठाए |
त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए |तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो | छोरा नेपाल दर्बार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो |
(अन्य स्रोत बात जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटन को राजालाई पनि पठाएका थिए | तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए | न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे | काठमाडौँ र पाटनको राजाहरुको एस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे | तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमंत्रना दिइ शिक्षा दिक्षा दिन स्विकार गरे |

गीर्वाणीको आसु: यो मन मेरो कहिले बुझ्ने हो ।


आसुँ मेरो कल्ले देख्ने यो मन मेरो कहिले बुझ्ने हो ।
मेरो भाग्य लुटी गयो आसुँभित्र म कति रुझ्ने हो …।


आमा, मामा सबै मारे, मामाघर त मेरो मसान जो
घर त मेरो बैगुनी हो, दिदीबैनी भारत ब–सान भो …।।

वीरेन्द्रको रगत बोकी दिदीबैनी हामी रोई बाँच्या’छौँ ।
श्रुति मेरी आमा मरिन्, सपनीमा उनलाई साँच्या’छौ…।।

THE DAY I EXPERIENCED RAFTING FOR THE FIRST TIME

Date: December 03, 2012
(18 Mangsir, 2069 B.S.)

November 07, 2012 Hariduwar. Early in the morning at 4:30 A.M., my sleep was distrubed by noise of my friends and their rush for visit. When I was just opening my eyes most of my friends inside my room were almost ready. Still I was thinking to sleep for while and enjoy the warmth of bed in winter. After few minutes despite my entimicy with sleep and bed, I woke up making an aim to join with my friends. Actually I didn’t have any plan to leave my friend or let them go for visit without me instead I was interested to join them. This is because we had planned to visit Deheradun after visiting important places of Hariduwar. I didn’t want to miss that opportunity and heading towards Dheradun alone was tough and tedious job for me as I was from Nepal and visiting those places for the first time in my life. I hurried to become fresh and requested my friends to wait for me until I would finish my daily-stuffs-after-bed. I entered into the bathroom with my toothbrush, some innerwares and towel. I was planning to take bath before going outside. When I came outside from bathroom, none of them were inside room but left room without taking me.

Now I had no option except visiting those places alone as my other friends were still enjoying warmth of bed and my roommates had already left me alone. After putting some sunblock and perfumes I left the room. I planned to catch my friends who left me. So I followed them making guess that they might have gone nearby temple.

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल अवधारणापत्र–२०६७


राष्ट्रियता र जनगणतन्त्रका लागि बौद्धिक–सांस्कृतिक अभियान
प्राक्कथन
साहित्यकला तथा बौद्धिक गतिविधिका माध्यमबाट समाजरूपान्तरणमा महŒवपूर्ण भूमिका खेल्नुपर्ने दायित्व पूरा गर्ने हेतुले माक्र्सवाद–लेनिनवाद–माओवादमा प्रतिबद्ध हामी बौद्धिक–सांस्कृतिककर्मीहरूले क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन गरी यसको उद्देश्य, नीति तथा कार्यक्रमलाई  सार्वजनिक गरेका छौं ।
समाज, सिर्जना र स्रष्टा
साहित्य, कला र संस्कृति  मान्छेका सामाजिक चेतनाका उपज हुन् । यिनको सम्बन्ध मानवीय आत्मिक र भौतिक अभिव्यक्तिसित छ । सामाजिक प्राणीका नाताले मान्छेले समाजका विविध पक्षहरूको अनुभव गर्दछ र अभिव्यक्तिका विविध रूपहरूमार्फत उसले त्यसलाई समाजमै सम्प्रेषण गर्दछ । कुनै पनि सिर्जना स्रष्टाको अनुभव, अनुभूति र सामाजिक सम्बन्धको उपज हो । योसित स्रष्टाको सामाजिक सम्बन्ध, उसको वर्गीय स्थिति र विश्वदृष्टिकोण गाँसिएको हुन्छ । वर्गीय समाजमा साहित्यकला र बौद्धिक उत्पादन पनि वर्गीय हुन्छन् भन्नुको अर्थ पनि यही हो । यसलाई हामी हाम्रै समाज र सिर्जनाको इतिहासबाट पनि अवगत गर्न सकछौं ।
नेपाली समाज र वर्गीय चिन्तनको ऐतिहासिकता
एकीकृत सामन्ती राज्यको स्थापनासँगै नेपाली समाजमा आर्थिक, राजनीतिक र सांस्कृतिक अन्तर्विरोध नयाँ किसिमले विकसित भयो । सामन्ती राजनीतिक स्वार्थलाई हिन्दू धर्म र सामन्ती सांस्कृतिक अहम्सित जोडेर नेपाली समाजमा लागू गर्न थालियो । आदि कवि भनेर एक थरी इतिहासकारहरूले स्थापित गरेका  भानुभक्तले  एकाध असन्तुष्टिका अभिव्यक्ति दिए पनि उनले सामन्ती आदर्श र अभिजात्य सस्कृतिलाई नै मलजल हाल्ने काम गरे । यिनको तुलनामा गुमानी र यदुनाथहरूकै भूमिका सकारात्मक देखापर्यो । राणाशासनको आरम्भसँगै अश्लील र स्तुतिवादी साहित्यले फस्टाउने अवसर पायो । नीतिवादी र रहस्यवादी चिन्तनमा आधारित भए पनि सन्त साहित्य र यसका विचारक ज्ञानदिल दास र योगमायाहरूले हिन्दू अतिवादको विरोध गर्दै सामाजिक विसङ्गतिप्रति प्रहार गर्ने काम गरे । त्यस बेलाको स्थितिमा  तुलनात्मक दृष्टिले यो प्रगतिशील चिन्तन थियो ।

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) को नेपाल कम्युनिस्ट (माओवादी) लाई खुला विरोधपत्र


अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) को नेपाल कम्युनिस्ट (माओवादी) लाई खुला विरोधपत्र
(रिमसित सम्बद्ध पार्टी र सङ्गठनहरुलाई समेत वितरित)
गोकुल जोसीको एउटा कविता आज पनि त्यत्तिकै  चर्चित छ—“नमार गरिबलाई नजाऊ अङ्ग्रेजी पल्टनमा ।” रामेश र मञ्जुलले सङ्गीत र स्वर दिएर यसलाई थप लोकप्रिय बनाएका थिए/छन् । हामीले पञ्चायती कालमा निकै गुनगुनायौँ–गोष्ठी– सभाहरूमा ।
हामीले असमान सन्धिहरूको विरोध गर्दै आएका छौं । राष्ट्रिय स्वाधीनताको इतिहासको कुरा गर्दा सुगौली सन्धिले पारेको असरबारे निकै कुरा गर्छौँ ।  यसैका कारण नेपालीसित भाडाका सिपाहीको विशेषण गाँसिएको छ । यही सन्धिले नै हामीलाई नेपाली र गोर्खामा विभाजित गरेको हो ।
गोर्खाभर्ती एउटा कलङ्क हो –राष्ट्रिय स्वाधीनता र अस्मिताको इतिहासमा । यो एक किसिमले  युवाहरूको बेचविखन नै थियो । त्यसैले हामीले हिजोका दिनमा गोर्खाभर्ती बन्द गर, सुगौली सन्धि खारेज गर,को नारा खुब लगायौ“ । इमानदार, बहादुर र लडाकु गोर्खाहरू लड्न कहिले कता र कहिले कता पुगे । चीन, पाकिस्तानविरुद्ध लडे, कार्गिलमा ढले । भारतमा राष्ट्रिय मुक्ति युद्ध लडिरहेका जनताका विरुद्ध गोर्खेहरूको प्रयोग गरिन्छ । ‘शान्ति सेना’ का नाममा अहिले ब्रिटिस आर्मीका नेपाली युवाहरू अमेरिकी साम्राज्यवादको आक्रमणकारी कुकृत्यलाई सघाउन इराक र अफगानिस्तानमा छन् । साम्राज्यवादको सहयोगी बनेर ती  न्यायप्रेमी जनताका घृणा र उपेक्षाका पात्र बनेका छन् ।
अफगानिस्तानमा नेपाली दाजुभाइहरू विद्रोही दबाउन पठाइएको छ । नेपाली दाजुभाइहरू विद्रोहीको मारमा परेका समाचार आइरहेका छन् । यस विषयमा रिमसित सम्बद्ध सङ्गठनहरू र टिप्पणाीकारहरू, त्यसमा पनि  अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी)ले बारम्बार प्रश्न उठाइरहेको छ ।  यसमा प्रयुक्त भाषाले हामीलाई निकै घोच्तछ । यहाँ हामीले अफगानिस्तान माओवादी पार्टीको खुला विरोधपत्रको प्रमुख अंश प्रकाशन गरेका छौ“ —सम्पादक । )

एस्डी मुनीको ‘माओवादीलाई पहाडबाट ओह्राल्दा’ शीर्षक लेखको अनुवादित केही अंशहरू


नेपाल–भारतको सम्बन्ध सधैभरि विवेकको परिणाम हुन सकिरहेको छैन । यद्यपि नेपालको राजनीतिक स्थिरता र आर्थिक समुन्नतिलाई यसको अथाह जलविद्युतको सम्भाव्यता र भारतसगको सहज र निरन्तर व्यापार सम्बन्धलाई प्राथमिकतामा राख्दा यो सधै नै सुरक्षा स्वार्थद्वारा निर्धारण हुनगएको छ । यो सुरक्षा चासोलाई सधैभरि नेपालमा भारतको संलग्नतासहितको सम्बन्ध र क्षेत्रीय चासोहरु, अझ स्पष्ट रूपमा भन्नुपर्दा नेपालमा भारतको रणनैतिक स्थानको संरक्षण र यसको सुदृढीकरणका सम्बन्धित सर्तहरुसग जोडिएको छ । भारतले नेपालमाथि भएको गैर–क्षेत्रीय शक्तिहरु जस्तै संयुक्त राज्य अमेरिका र यसका प्रतिद्वन्दीशक्तिहरु चीन र पाकिस्तानको रणनैतिक उपस्थितिलाई देखेर बढि संवेदशीलताका साथ लिएको छ । नेपाली राष्ट्रवादीहरुका साथ साथै दुरासय राख्ने वैदेशिक शक्तिहरुले नेपालको खुला सीमाना प्रयोग गरेर भारतको सुरक्षालाई कमजोर बनाउन चाहन्छन् ।


भारतको स्पष्ट चाहना र दृष्टिकोणलाई नेपाल र भारत सम्बन्धमा रहेका बहुपक्षीय साझेदारहरु बीचको सन्तुलनद्वारा निश्चित आकार दिने गरिएको छ । यी साझेदारहरु प्रतिधु्रवीय र भिन्न अस्तित्व राख्नेहरु रहेका छन्, जो एक आपसमा मिल्न सक्ने स्वार्थद्वारा प्रेरित छैनन् । यी मध्ये कतिपय त भारतको पराष्ट्र मन्त्रालयको पहुाच भन्दा कयौं गुणा टाढा छन् । यी सम्बन्धित पक्षहरु जो राजनैतिक तथा प्रशासकीय संस्थापन (गृह, अर्थ, वाणिज्य मन्त्रालयहरु, गुप्तचर संस्था, राष्ट्रिय सुरक्षाका अङ्गहरु र प्रधानमन्त्रीको कार्यालय), भारतीय सेना, जसको नेपालको शाही सेनासाग परम्परागत भ्रातृत्वपूर्ण सम्बन्ध छ र स्वाधीनतासागै भारतमै राखिएका सातवटा गोर्खा रेजिमेन्टहरु छन्, व्यापारिक समुदाय, सत्तासीन वर्गहरु जसको नेपालका सामन्तवादी शासकहरुसाग घनिष्ट र पारिवारिक सम्बन्ध छ (शाहहरु र राणाहरु), भारतीय राजनीतिक पार्टी र तिनका नेताहरु, जसको नेपाली समकक्षीहरुसाग अत्यन्तै नजिकको संस्थागत तथा वैयत्तिक सम्बन्धहरु छन्, हिन्दू धर्माबलम्बी समूहहरु जसमा शंकाराचार्य, विश्वहिन्दू परिषद् र राष्ट्रिय स्वयम सेवक छन् र अन्त्यमा नेपालसग जोडिएका भारतीय राज्यहरु रहेका छन् । त्यसैगरी भारतमै पनि ठूलो सङ्ख्यामा प्रवासी नेपालीहरु (१ करोड जति जनसङ्ख्या छ) जसको भारतीयहरुसाग विशाल सामाजिक तथा पारिवारिक सम्बन्धहरु छन् ।

This Is How My Dashain '69 Ends


Saturday 27 October, 2012 (Mangsir 11, 2069)
Dashain is greatest festival of Hindus. According to Hindu myths this festival is celebrated on the auspicious occasion of victory of truth against false, good against bad, god against monster and moral against amoral. Hindu believes goddess Durga made victory against monster in these ten days of this festival. So Hindu prays goddess Durga for her victory and making whole world free from the evil. Many stories had been written and narrated relating with Dashain in Hindus holy books.

राष्ट्रियता :७० बुँदे मागहरु ।

१. सन् १९५० को नेपाल भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गरी राष्ट्रिय सहमतिका आधारमा नयाँ सन्धि सम्झौता गरियोस् ।

२. सन् १९६५ को नेपालको राष्ट्रिय हित प्रतिकूलको सुरक्षा सम्बन्धी सन्धि खारेज गरी नेपालको राष्ट्रिय सुरक्षा नीति अनुरुप नयाँ सन्धि गरियोस् ।

३. एकीकृत महाकाली सन्धि खारेज गरी सीमा नदीको मान्यता र समान हितका आधारमा नयाँ सम्झौता गरियोस् ।

४. नेपाल-भारत खुल्ला सीमा नियन्त्रित र व्यवस्थित गरियोस् । नेपालतर्फ गरिएको सीमा अतिक्रमण तत्काल रोकी मिचिएको सम्पूर्ण भूभाग नेपाललाई फिर्ता गरियोस् ।

५. नेपाल-भारत सिमावर्ती क्षेत्रमा भारतले एकपक्षीय ढंगले बाँध तथा तटबन्धहरु निर्माण गर्ने कार्य बन्द गरियोस् । एकपक्षीय ढंगले निर्माण गरिएका लक्ष्मणपुर, महली सागर र रसियावाल-खुर्दलोटन बाँधबाट नेपालतर्फ भएको क्षतिको क्षतिपूर्ति लिइयोस् ।

६. तराई मधेश लगायत भारतसँगको सिमाक्षेत्रका जनतामाथि हुँदै आइरहेको लुटपाट, अशान्ति, असुरक्षा, हिंसा र आतंकको अन्त गरी जनधनको सुरक्षाको सुनिश्चित गरियोस् । नेपाली भूमिमा अनाधिकृत रुपमा भारतीय सुरक्षाकर्मीहरुको प्रवेश रोकियोस् ।

७. भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल भित्र चल्न रोकियोस् ।

Annex 2. Comprehensive Peace Agreement [Signed by the Nepal Government and the CPN (M) on 22 November 2006, 8.29 PM, (Unofficial translation)]

Preamble:
Respecting people’s mandate for democracy, peace and progress expressed through repeated historic people’s movement and struggles since 1951, Reaffirming commitments to the 12-point and 8-point agreements, and 25-point code of conduct between the seven parties and the Maoists; decisions taken during the meeting of the top leaders of the seven parties and the Maoist on November 8 along with other agreements, understandings, code of conducts and letter sent to the United Nations stating identical viewpoints by the Maoists and the Nepal government, Pledging for progressive restructuring of the state by resolving prevailing problems related with class, ethnicity, regional and gender differences, Reiterating commitments to competitive multiparty democratic system, civil liberties, fundamental rights, human rights, complete press freedom, rule of law and all other norms and values of democratic system, Pledging commitments to Universal Declaration of Human Rights 1948 and other international humanitarian laws and values and principles of the human rights, Guaranteeing the fundamental rights of the Nepalese people to cast their votes in the constituent assembly polls without any kind of fear, By putting democracy, peace,

Annex 1 12-Point Understanding Between Seven Parties and the Maoists Kathmandu, 22 Nov. 2005. (Unofficial translation)


1.      Today, democracy, peace, prosperity, social advancement and a free and sovereign Nepal is the chief wish of all Nepalese. We completely agree that autocratic monarchy is the main hurdle in (realising) this. It is our clear view that without establishing absolute democracy by ending autocratic monarchy, there is no possibility of peace, progress and prosperity in the country. Therefore, an understanding has been reached to establish absolute democracy by ending autocratic monarchy, with all forces against the autocratic monarchy centralizing their assault against autocratic monarchy from their respective positions, thereby creating a nationwide storm of democratic protests.

2.      The seven agitating parties are fully committed to the fact that only by establishing absolute democracy through the restoration of the Parliament with the force of agitation, forming an all-party government with complete authority, holding elections to a constituent assembly through dialogue and understanding with the Maoists, can the existing conflict in the country be resolved and sovereignty and state power completely transferred to the people. It is the view and commitment of the CPN (Maoist) that the above mentioned goal can be achieved by holding a national political conference of the agitating democratic forces, and through its decision, forming an interim government to hold constituent assembly elections. An understanding has been reached between the agitating seven parties and the CPN (Maoist) to continue dialogue on this procedural work-list and find a common understanding. It has been agreed that the force of people's movement is the only alternative to achieve this.

यसकारण नयाँ पार्टी: नेकपा-माओवादीको राजनीतिक प्रस्ताव ।


(१) दोस्रो राष्ट्रिय सम्मेलनमा लिइएको सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र त्यसको नेतृत्वमा संविधान निर्माण सम्बन्धी नीति कार्यनीतिका दृष्टिले मूलतः सही भएपनि त्यसले पार्टीलाई अवसरवादमा फँस्नका निम्ति ढोका खोलिदिएको र सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रुपमा विकसित विचारश्रृंखलालाई प्रचण्डपथका रुपमा नामाङ्कन गरिएकोमा सो नामाङ्कन अहिलेसम्मको स्थिति तथा व्यवहारद्वारा गलत भएको छ।
(२) केन्द्रीय समितिको बैठकमा लिइएको एक्काइसौं शताब्दीको जनवाद सम्बन्धी मस्यौदा प्रस्तावमा मित्र पार्टीहरुको सहयोगी मात्र नभई प्रतिस्पर्धी भूमिका रहने कुरा स्वीकार गरिएको र शान्तिवार्तामा आउँदा मित्रपंक्ति भन्दा बाहिरका शक्तिसंग पनि राजनीतिक प्रतिस्पर्धा गर्ने कुरा देखिएको हुँदा सो प्रस्ताव प्रस्तुत गर्नुको मूल उद्देश्य जनताको जनवादी राज्यसत्ता तथा सर्वहारा वर्गको राज्यसत्तालाई परित्याग गर्नु रहेको निष्कर्ष निकालिएको छ। साथै, कम्युनिष्ट पार्टी, जनमुक्ति सेना र नयाँ सत्तामा जनवादको विकास गर्न जरुरी भएको कुरा पनि आवश्यक छ।
(३) चुनवाङ्ग बैठकको राजनीतिक प्रस्तावमा लिइएको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति रणनीतिक बन्न गएको साम्राज्यवादको विश्लेषण गर्दा लेनिन तथा माओको विश्लेषण धेरै पछाडि परेको र नयाँ ढंगले रणनीति तथा कार्यनीति विन्यास गर्न आवश्यक भएको कुरा देखाई रणनीतिक रुपमा लोकतान्त्रिक गणतन्त्रको पुरानै संसदवादी राजनीतिलाई अवलम्वन गर्न पुगिएकोमा त्यो गलत भएको छ।

आमाको नाममा प्रचलित उखान

मिती २०६९.०१.०९
मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन शनिबार सबैले आफ्नी आमालाई सम्झे । आमासितै भएकाले मीठा खानेकुरा खान दिए । टाढा भएका र आमा नभएकाले पनि भावना र सम्झनामा डुबेर आमाप्रति सम्मान प्रकट गरे । आमा शब्द आफैंमा पर्याप्त भएकाले समाजमा आमालाई बिशिष्ट रुपमा लिईन्छ । कुनै चिजको ममता र गरिमा दर्शाउन आमा शब्दको प्रयोग गरिन्छ । आमाकै नामबाट बिभिन्न उखान, गीत, कहानी, कविता, गजल पनि तयार भएका छन् ।
समाजमा प्रचलित तर धेरैले त्यति वास्ता नगर्ने आमासित जोडिएका केही उखान यस्ता छन्:
· आमाको दूधको भारा कति गरे पनि तिरिंदैन
· आमा छउञ्जेल माइति
· आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो

बि. बि. सी. नेपाली सेवामा प्रशारित अन्तर्वार्ताको प्रतिक्रिया


मिति२०६७.१२.१२)
बि. बि. सी. नेपाली सेवामा प्रशारित अन्तर्वार्ताको प्रतिक्रिया: (प्रसारणको लागि नपठाएको)
                                                        
जननी जन्मभुमिस्च स्वर्गादपी गरियसी
जापानका लागि भुतपुर्व नेपाली राजदुत श्री राजेश्वर आचार्यले भारती भुतपुर्ब सैनिक प्रमुख श्री अशोक मेहेतासंग नेपालको स्वतन्त्रताको वोकलत गर्दै आफ्नो स्पस्ट तर्क राखेको सुन्दा गर्ब लग्यो| यदि आफुलाई नेतृत्व बर्ग भन्न रुचाउनेहरुले पनि देशको स्वतन्त्रताको पक्षमा यस्तै स्पस्ट तर्क राख्ने हो भने नेपालमा बिदेशी हस्तछे बढ्ने थिएन कि? साथै मेहेताजीको अन्तरबार्ता सुनिसकेपछी भारतले नेपाल नेपालीलाई कुइरोको काग बनाई राख्न खोजेको आभास भयो|

विजेश मिश्र
 रामपुर, चितवन

जेठ १४ र सम्भावनाहरु


मिती:२०६८.०२.११
जेठ १४ र सम्भावनाहरु

नेपाल एक सानो तर आफ्नो अस्तितो बिश्व मानचित्रमा बचाई राख्न सफल भएको सार्वभौम राष्ट्र हो| पृथिवी नारायण शाहको पाला देखीको राजतन्त्रको बेलामा होश या १०८ बर्षे जाहनिय राणा शासनको बेलामा वा गणतन्त्र आएपछिको आजको अवस्थामा, नेपालमाथि प्रत्यक्ष रुपमा कसैले धावा बोल्न सकेको छैन| समयको परिवर्तन संगै २००७ साल, २०३५ साल, २०४६ साल, र २०६२/०६३ सालको बिशाल जनआन्दोलनले एउटा स्पस्ट सन्देस के दिन खोजेको छ भने नेपालीहरु आफ्नो स्वतन्त्रता चाहन्छन र कसैको दबाबमा बस्न चाहदैनन्| नेपालमा करिब ६० वर्षको छोटो समयमा धेरै परिवर्तनहरु भएका छन्| देश जहानीय निरंकुशताबाट पंचायत, प्रजातन्त्र हुदै संघीय गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ|
यस्तै परिवर्तनहरुलाई आत्मसाथ गर्दै २०६२/०६३को दोश्रो बिशाल जनान्दोलन पस्चात ने.क.पा.(माओबादी) शान्तीबार्तामा आयो| हतियार बिसाउने र संबिधान सभाको निर्बाचन गराउने अनि संबिधानसभाबाट नेपालको लागि परिवर्तन सहितको नयाँ संबिधान लेख्ने निर्णयमा पुग्यो र अन्तरिम संबिधान जारी गर्यो| उक्त निर्णयलाई आत्मसाथ गर्दै मिती २०६७.०२.१४ गतेको दिन नयाँ संबिधान जारी गर्ने गरि दुई बर्षको म्याद राखि नयाँ संबिधान बनाउन ६०१ सभासद र संबिधानसभा सदस्य जुटे| यसैबिच संबिधानसभाको निर्बाचनले भर्खरमात्र युद्धबाट आएको “ने.क.पा.(माओबादी)”लाई संबिधानसभाको पहिलो दल, त्यस पछि पहिले पहिलो दल बनेको “कांग्रेश” दोश्रो दल र “ने.क.पा.(एमाले)” तेश्रो दल साथै नयाँ दल “मदेशी जनाधिकार फोरम” चौथो दलको रुपमा उदायो र संबिधानसभामा जम्माजम्मी २६ दल हुन पुगे|

पृथिवी जयन्ती र यसको सान्दर्भिकता

मिति: २०६५ पौष २६ गते पृथ्वी जयन्ति
      आज पुष २७ गते पृथ्वी  जयन्ती। अर्को शब्दमा तत्कालीन नेपालको एकिकरण दिवस यो दिनले नेपालको इतिहासमा धेरै नै महत्तो रख्छ आज हामी नेपाली भनेर जुन गर्व गर्छौ त्यो P. N. Shah को देन नै हो। तत्कालीन भारतजस्तो बिशाल राष्ट्रलाई पनि आफ्नो कब्जामा लिन सफल British ले तत्कालीन समयमा नेपालमाथि पनि आँखा नगाडेको हैन। तर त्यो कुरा बुझेर नेपालको अश्तित्तोलाई बिश्वमानचित्रमा बचाई राख्न पृ. ना. शाहले जुन कदम चाले, काम गरे, त्यो सरहानिय छ। हून सक्छ उनिले आफ्नो राज्य बढाउन त्यो कदम चाले वा अरु कुनै कारणले त्यो बहसको बिषय बन्न सक्ला, तर तत्कलिन समयमा उनिले चालेको कदमलाई सम्मान गर्नैपर्छ। 

साझा सबाल को प्रतिकृया (20 feb,2011)

               कर्णालीमा स्थानिय बालीको उत्पादनलाई महत्तो नदिईकन हवाइजहाजबाट रसायनिक मल र उन्नत जातको अन्नको बिउ लगेर उत्पादन र उत्पदकत्तो बढाउन सरकार लागेको सुन्दा अचम्म लाग्यो। अझ आफ्नो निति सही छ नत्र कर्नालीको हालत के हुन्थ्यो भनेर कृषि मन्त्रालयको सहसचिबले गौरव गरेको सुन्दा लाज लग्यो। साथै नीति बनाउने ठाउँमा बसेको मान्छेहरुसँग उपयुक्त नीति नै नभएको जस्तो लग्यो। साझा सबाल सुनेपछि नेपालको नीति बनाउने ठाउँमा उपयुक्त नीति बनाउन सक्ने मान्छे नै नभएको आभाश भयो।


 बिजेश मिश्र
कृशि स्नातक तह
कृशि तथा पशु बिज्ञान अध्यायन संस्थान
रामपुर, चितवन