Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

I thought to myself, and I cried

Tenth Grade
As I sat there in English class, I stared at the girl next to me. She was my so called "best friend". I stared at her long, silky hair, and wished she was mine. But she didn't notice me like that, and I knew it. After class, she walked up to me and asked me for the notes she had missed the day before and handed them to her. She said "thanks" and gave me a kiss on the cheek. I wanted to tell her, I want her to know that I don't want to be just friends, I love her but I'm just too shy, and I don't know why.



Eleventh Grade

The phone rang. On the other end, it was her. She was in tears, mumbling on and on about how her love had broke her heart. She asked me to come over because she didn't want to be alone, so I did. As I sat next to her on the sofa, I stared at her soft eyes, wishing she was mine. After 2 hours, one Drew Barrymore movie, and three bags of chips, she decided to go to sleep. She looked at me, said "thanks" and gave me a kiss on the cheek. I want to tell her, I want her to know that I don't want to be just friends, I love her but I'm just too shy, and I don't know why. 



Senior Year

The day before prom she walked to my locker. My date is sick" she said; he's not going to go well, I didn't have a date, and in 7th grade, we made a promise that if neither of us had dates, we would go together just as "best friends". So we did. Prom night, after everything was over, I was standing at her front door step. I stared at her as she smiled at me and stared at me with her crystal eyes. I want her to be mine, but she isn't think of me like that, and I know it. Then she said "I had the best time, thanks!" and gave me a kiss on the cheek. I want to tell her, I want her to know that I don't want to be just friends, I love her but I'm just too shy, and I don't know why.

लघुकथा: मेरो सपनाको राजकुमार|

ऊ नेपालको ग्रामिण भागमा पर्ने कुनै बोर्डिंग स्कुलको कक्षा एकमा पढ्थ्यो| पहिलो चार पिरियड पढेपछि एक बजेको छुट्टि हुन्छ| खाजा खाने ठाउँमा एक्लै बसेर झोलाबाट खाजाको बाकस झिक्दै गर्दा एक्कासी हातबाट बाकस भुइँमा झरेर सबै खाजा पोखिन्छ| ऊ रुन थाल्छ| यत्तिकैमा एकजना आफ्नै कक्षामा पढ्ने एकजना केटि साथीले "किन रोएको? खाजा पोखिएर हो? आऊ! मेरो ममीले मिठो खाजा बनाएर पठाई दिनुभएको छ, संगै खाऊ|" भनेपछि उसको रुवाई बन्द हुन्छ| उक्त दिन उनीहरुसँगै खाजा खान्छन्, खेल्छन् र पढ्दा पनि एउटै बेन्चमा सँगै बस्छन्| त्यो दिनदेखि उनीहरु नजिकको साथी हुन्छन्| खेल्ने, खाने, बस्ने, पढ्ने जस्ता क्रियाकलापहरु सधै सँगै गर्दै जादाँ उसलाई उक्त केटी मनपर्न थाल्छ| निकै साहश गरेर उसले आफ्नो मनको कुरा कापीको पन्नामा लेखेर केटीको झोलाको बाहिरी गोजीमा राखिदिन्छ| केटीले आफ्नो झोलाबाट कलम झिक्ने क्रममा उक्त चिठी भेट्छिन र पढेपछि निकै रिसाउछिन्| उक्त चिठी स्कुलको निकै कडा मानिने एकजना शिक्षकको जिम्मा सुम्पिदिन्छिन| माया गरेको बदलामा त्यसदिन उसले नराम्ररी कुटाई खानुपर्छ साथै आफ्नो निकै मिल्ने साथी पनि गुमाउन पुग्छ| त्यसपश्चात उसले केटीसँग बोल्न कयौ कोशिश गर्छ तर केटीको अगाडी उसको केही लाग्दैन| दुई, तिन चार, पाँच हुदै दश कक्षासम्म पुग्दा पनि उनीहरुको बोलचाल हुदैन| यत्तिकैमा प्रबेशिका परिक्षा पनि सकिन्छ तर उनीहरुको बोलचाल कहिल्यै हुदैन|

१०+२ को समाप्तिसँगै केटोले आफ्नो थाप्लोमा पारिवारिक जिम्मेवारी आएको महसुस गर्छ| जागिरको खोजीमा यत्रतत्र भौतारिदै जादाँ कसैले उसलाई फ्रेन्च आर्मी बनाइदिने प्रस्ताव राख्छ| केटोको मनमा तर्कनाहरुको  घमासान युद्ध चल्छ; ऊ निकै दुबिधामा पर्छ| | अन्तमा उसले आफ्नो सुन्दर भविष्यको लागि एकपटक आफ्नो जिवनलाई दाउमा राखेर आर्मी बन्ने सपनाको लिएर विदेशतिर हानिन्छ| आफ्नो गन्तव्यमा ऊ सफल पनि हुन्छ| गाउँ गाउँमा उसले गरेको प्रगति र उसले कमाएको धनको प्रसंसा हुन थाल्छ| सबैले उसको गुणगान गाउन थाल्छन्|

छापामार युवतिको डायरी

भनिन्छ युद्धमा प्रेमको अंश हुदैन र प्रेममा युद्धभन्दा पनि समझदारी र समर्पण आधिक हुन्छ| यो पनि भनिन्छ “प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ|” तर युद्दका दुई ध्रुबहरु बिचमा एकै साथ प्रेम र युद्द! के त्यो सम्भव होला?

छापामार युवतिको डायरीमा यही कुरालाई देखाउन र प्रस्ट्याउन खोजिएको छ| ६ कक्षा पढ्दा नपढ्दै करिब १५ वर्षको उमेरमा जनाधिकार र सर्बहारा वर्गको सत्ता सुनिस्चितता गर्ने सुनौलो सपना बोकेर जनयुद्धमा होमिएकी छापामार युवतिद्वारा लिखित यस उपन्यास/संस्मरणमा युद्धका दुई ध्रुबबिचको प्रेमलाई बयान गरिएको छ|

जनयुद्धमा हिडेको करिब ३ महिनामा नै पक्राउ परेर ईलामको सैन्य ब्यारेक, प्रहरी हिरासत हुदै जेलसम्म पुगेकी युवति/लेखिकाले सैन्य जवानहरुबाट र पुलिसहरुबाट पाएको माया, घृणा, सद्भाव, आक्रोश, सम्मान तथा तिरस्कारहरु यस रचना मार्फत पोखेकी छिन्| त्यसका अलाबा यस रचनामा सैन्य ब्यारेकभित्रको गतिबिधि, हिरासत तथा जेलमा भोग्नु परेका कस्ठ र यातनाहरु, सैनिक नियन्त्रणमा हुँदाको मानसिक अवस्था, हिरासत तथा जेलमा हुँदाको मानसिक अवस्था, जेलभित्र आफूजस्तै अरु छापामारहरु भेट्दाको खुशी, त्यहाँ भेटिने अन्य मान्छेहरु र तिनीहरुको मानसिकता, गतिबिधिहरु र तिनीहरुको व्यवहार, तत्कालिन ने.क.पा. (माओवादी) र हाल एकिकृत ने.क.पा. (माओवादी) लाई हेर्ने दृष्टिकोण आदिको बारेमा पनि बयान गरिएको छ|

बिक्रम सम्बत २०६७ साल भदौको महिनासम्म चार ओटा संस्करण प्रकाशित भईसकेको यस पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकासन गरको हो भने भासिक शुद्दशुद्दी वा सम्पादनको काम पुस्कर पन्थीटेकनारायण ढकालले गर्नुभएको हो|

       जम्मा-जम्मी १६० पृष्ठ रहेको यस उपन्यास/संस्मरणलाई १५ ओटा विभिन्न शिर्षकहरुमा बिभाजन गरिएको छ| मैले तयार पारेको उक्त पुस्तकको यस सारंश/संक्षिप्त टिपोट तिनै शिर्षक अनुसार नै गरेको छु र क्रमिक रुपमा त्यसै अनुसार राखेको छु| प्रस्तुत छ २०४७ साल भाद्र २३ गते पन्चकन्य ७ आठघरे , ईलाममा जन्मिएकी पूर्व ने.क.पा. (माओवादी) छापामार तारा राईअनमोल” द्वारा लिखित “छापामार युवतिको डायरी”को संक्षिप्त टिपोट/सारंश:

प्रणय दिवस (valentine Day)

मिती: फाल्गुन०६,२०६९.आइतबार (Feb 17, 2013,Sunday)
९ फेव २०१३

प्रणय दिवस वा Valentine day; माया गर्नेहरुको दिन| बिशेष गरेर मायालु, प्रेमिका वा साथीहरुसँग माया-मोह साटासाट गर्ने दिन| तर आफ्नो न त कुनै प्रेमिका छ न त मायालु| त्यसैले त्यो दिन प्रेमिकासँग नभए पनि यौटी निकै मिल्ने साथी अझ भनौ साथिनीसँग फिल्म हेर्न जानुपर्यो भनेर फोन गरे|

“हेल्लो|”

“हेल्लो! गणेश कता छौ?” मेरो हेल्लो मै उसले सारा विवरण पत्ता लगाई| आखिर ३-४ वर्षअघि देखि संगत गरेको साथी न हो मेरो स्वर चिन्न उसलाई कुनै गारो परेन|

“म राजधानी तिर| के गर्दै छौ तिमी?” मैले राम्रोसँग जवाफ फर्काउन नपाउदै मेरो प्रश्नको जबाफमा उताबाट प्रतिप्रश्न आउँछ| 

“तिमीले काठमाण्डौँ आए पछि भेट्छु भनेको थियौ, भेट्ने हैन?”
त्यसैले त तिमीलाई फोन गरेको नि भनेर भन्न मन त लगेको थियो तर उसले नै प्रताब राखेपछि मैले केही बर्गैनिंग गर्न पाउने हुनाले र मैले भनेको दिनमा भेट्नको लागि उसलाई मनाउन सजिलो हुने भएकोले केही भाउ खोजे जस्तो गरे|

“भेट्न हुन्थ्यो तर हेर न अति ब्यस्त छु| मैले धेरै काम गर्नु छ| तै पनि भन कैले भेट्ने?”