केही फुटकर नुवाकोटे रचनाहरु|

सुआहरको घरायसी खाद्द्यान्न उत्पादनसम्बन्धि प्राथमिक तालिमको सिलसिलामा नुवाकोटमा तालिमको अवधिमा तालिममा लेखिएका केही हरफहरु यहाँ राख्दै छु| पछि सम्झनाको लागि सुरक्षित हुन सक्लान्|

माया प्रेमका केही कुराकानीहरु:

रचना १:
सुनाउनेहरु सुनाउँछन् गजलकारको, गजलबाटै माया बस्छ रे
पहिलो भेटमै कस्तो जादु, नजरबाटै माया बस्छ रे!

रचना २:
नबोलेरै हेराहेर भयो धेरैपटक
नजरैमा कुरा फेरफेर भयो धरैपटक!

नबुझेको कसले हो, तिमीले कि मैले?
मन मिल्न खोजेजस्तो  भयो धेरै पटक!!

त्यसैले,
समय र परिवेशको अनुकुलतामा
नुवाकोट तिरै सरु सरु भयो धेरैपटक!!!


सन्दर्भ: मदिरा सहर र भट्टीको गजलको लहर चलेको थियो| त्यहिबेला मेरो पनि केही रचनाहरु फुरेका थिए| तिनैहरु मध्ये केही हरफहरु:

रचना ३:
रबि बिनाको दिन
स्वाश बिनाको छिन
साहु बिनाको ऋण!
पुरा नभएका रहर
मान्छे नमर्ने जहर
प्रियसी बिनाको प्रहर!!
एउटै एउटै लाग्छ मलाई
भट्टी बिनाको सहर!!!

त्यसैले,
त्यसैले त मजा छ जिउनलाई
त्यसैले त मजा छ पिउनलाई
सत्ययुगमा पनि सोमरस पाईन्थ्यो रे
लाग्छ, कठिन छ भट्टी र सहर, 
एक-अर्का अलग्याउनलाई!!!
Post a Comment