छन् त फगत, जिर्ण अनि चेतना सुन्य मन अनि तिम्रो आगमनमा प्रतिक्षारत नयन|




अनायसै आयौ
नयनको सितलता बनि
बिझाएनौ,
त्यसैले त
प्रतिक्षामा नयनहरु बिच्छीए
मन मस्तिकमा राज जमायौ
बानि परेछौ
अनि
सामिप्यता खोजे|


सायद,
प्रक्रिया थियो तिम्रो लागि
निकट भईदियौ|
विश्वास दियौ,
दिन सिकायौ|
माया गर्यौ,
गर्न सिकायौ|
सपना देखायौ,
देख्न सिकायौ|
अन्तमा,
यन्त्रिक
अनि भावशन्य बनिदियौ|


परिणाम,
वास्तविकताहरु सपना बने
सपनाहरु फगत सपनाहरु नै रहे|
निमेश भर मै टुक्रिए
आँसुसँगै छचल्किएर पोखिए
छताछुल्ल भए|
सम्हालिएनन्|
हसरल्ल भए,
कहिल्यै नसम्हालिने गरि|
टुक्रिए,
कहिल्यै नजोडिने गरि|
बिच्किए,
कहिल्यै नसमेटिने गरि|


त्यसैले त,
न लिनलाई विश्वास छ,
न दिनलाई माया छ,
न सजाउनलाई सपनाहरु छन्|
छन् त फगत,
जिर्ण अनि
चेतना सुन्य मन
अपुरा सपनाका अवशेषहरु
र तिम्रो आगमनमा
प्रतिक्षारत नयनहरु|


Post a Comment