छापामार युवतिको डायरी

भनिन्छ युद्धमा प्रेमको अंश हुदैन र प्रेममा युद्धभन्दा पनि समझदारी र समर्पण आधिक हुन्छ| यो पनि भनिन्छ “प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ|” तर युद्दका दुई ध्रुबहरु बिचमा एकै साथ प्रेम र युद्द! के त्यो सम्भव होला?

छापामार युवतिको डायरीमा यही कुरालाई देखाउन र प्रस्ट्याउन खोजिएको छ| ६ कक्षा पढ्दा नपढ्दै करिब १५ वर्षको उमेरमा जनाधिकार र सर्बहारा वर्गको सत्ता सुनिस्चितता गर्ने सुनौलो सपना बोकेर जनयुद्धमा होमिएकी छापामार युवतिद्वारा लिखित यस उपन्यास/संस्मरणमा युद्धका दुई ध्रुबबिचको प्रेमलाई बयान गरिएको छ|

जनयुद्धमा हिडेको करिब ३ महिनामा नै पक्राउ परेर ईलामको सैन्य ब्यारेक, प्रहरी हिरासत हुदै जेलसम्म पुगेकी युवति/लेखिकाले सैन्य जवानहरुबाट र पुलिसहरुबाट पाएको माया, घृणा, सद्भाव, आक्रोश, सम्मान तथा तिरस्कारहरु यस रचना मार्फत पोखेकी छिन्| त्यसका अलाबा यस रचनामा सैन्य ब्यारेकभित्रको गतिबिधि, हिरासत तथा जेलमा भोग्नु परेका कस्ठ र यातनाहरु, सैनिक नियन्त्रणमा हुँदाको मानसिक अवस्था, हिरासत तथा जेलमा हुँदाको मानसिक अवस्था, जेलभित्र आफूजस्तै अरु छापामारहरु भेट्दाको खुशी, त्यहाँ भेटिने अन्य मान्छेहरु र तिनीहरुको मानसिकता, गतिबिधिहरु र तिनीहरुको व्यवहार, तत्कालिन ने.क.पा. (माओवादी) र हाल एकिकृत ने.क.पा. (माओवादी) लाई हेर्ने दृष्टिकोण आदिको बारेमा पनि बयान गरिएको छ|

बिक्रम सम्बत २०६७ साल भदौको महिनासम्म चार ओटा संस्करण प्रकाशित भईसकेको यस पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकासन गरको हो भने भासिक शुद्दशुद्दी वा सम्पादनको काम पुस्कर पन्थीटेकनारायण ढकालले गर्नुभएको हो|

       जम्मा-जम्मी १६० पृष्ठ रहेको यस उपन्यास/संस्मरणलाई १५ ओटा विभिन्न शिर्षकहरुमा बिभाजन गरिएको छ| मैले तयार पारेको उक्त पुस्तकको यस सारंश/संक्षिप्त टिपोट तिनै शिर्षक अनुसार नै गरेको छु र क्रमिक रुपमा त्यसै अनुसार राखेको छु| प्रस्तुत छ २०४७ साल भाद्र २३ गते पन्चकन्य ७ आठघरे , ईलाममा जन्मिएकी पूर्व ने.क.पा. (माओवादी) छापामार तारा राईअनमोल” द्वारा लिखित “छापामार युवतिको डायरी”को संक्षिप्त टिपोट/सारंश:


हामी धारामा नै थियौ| एक्कासी सुरेश बोले “सिमा दुस्मन........!”
समुहमा म अलिक सानो भएकोले पहिलेपनि प्राय: साथीहरु यस्तै भन्दै मलाई जिस्काउथे| म पनि सधै भन्ने गर्थे “सेना आएर मलाई पक्रिएछ भने म त मुसुक्क हासिदिन्छु, साइनो लाएर भएपनि फुत्किहाल्छु| मलाई त सानी भनेर पक्कै उसले छाड्छ|”
मैले त सुरेशले जिस्काएको होला भन्ठानेकी थिए| म दक्षिण तर्फ फर्केर बसेकी थिए| रुबेन पश्चिम र सुरेश पूर्व तिर| पूर्वतिर ओरालो जाने बाटो थियो|
रुबेन पनि आत्तिएर बोले,“सिमा दुस्मन...|”
टाउको उठाएर हेरे, बाटोमा शाही सेनाका ९-१० सैनिक देखें| उठेर चारैतिर हेर्दा थाहा भो हामी त घेरामा परिसकेका रहेछौ| म चीच्याउन मात्र सकिन| चैते हुरीले उडाउन लागेको सुकेको पात झैँ भए म| संसार घुमे जस्तो कताकता सास फेर्न गाह्रो भयो मलाई| बाथका कारण हुने मुटु रोग (Rhumatic Heart Disease) की रोगी भएकाले त्यसको औषधि खादै थिए| पसिना-पसिना भएर शरीर थरर काप्यो| कापेको श्वरमा साथीहरुलाई भने, “भाग्नुस तपाईहरु......|”
“तपाईलाई यस्तो अवस्थामा छाडेर जान सक्दैनौ हामी, बरु मरे मरौला”, सुरेशले भने|
“तपाईलाई छाडेर जान सक्दैनौ हामी सिमाजी तपाई सार्है अस्वस्थ हुनुहुन्छ,” रुबेनले पनि त्यसै भन्यो|
मैले भने, “हैन तपाईहरु गइहाल्नुस| अरु साथीहरु कहाँ हुनुहुन्छ? उहाहरुलाई बचाऊनुस्| मेरो चिन्ता गर्नु पर्दैन, मरे मरौला|”
सुरेश र रुबेन दुबैले मलाई हेरे| कठै! त्यो हेराइमा बर्गीय मायाको अथाह सगर थियो|

********************************************************************

त्यो बेलासम्म मैले सोचिसकेको थिए कि अब म मर्दै छु| हुनसक्छ, म देउमाई खोलाको किनारमा सेनाद्वारा सामुहिक बलात्कार पछि हत्या गरिएकी जनयुद्धकी सहिद क. स्पा झै माइखोला किनारमा पुरिनेछु जुन चिहानमा बिश्व सर्बहारा वर्गको रातो झण्डा फहराउनेछ र जहाँ सम्यवाद्सम्मको मेरो आत्मा घुमिरहेको हुनेछ|

********************************************************************

        साथीको लाश देखेर उनीहरुले मेरो मनसाय बुझ्न वा मलाई मानसिक दवाव दिन खोज्दैछन् जस्तो लग्यो| मृत साथीलाई देखेर कहलिदै, चीच्याउदै जिवन-रक्षाका लागि शाही सेनाको अगाद आम घुडा टेक्छु र बाच्नको लागि त्यसको पाउ पर्छु भन्ने सोच्नु सेनाको भ्रम थियो|

Post a Comment