मोफसलका उत्कृष्ट सृजनाहरु

धेरै दिन पछि ब्लगमा केही लेख्न मन  लागेतापनि लेख्ने बिषयवस्तु नै पाएको थिईन| एकछिन गम्दा-गम्दै अनि डुल्दा-डुल्दै केही राम्रा हरफहरु पढ्ने मौका जुर्यो अनि तिनै हरफहरुलाई ब्लगपोस्ट बनाउन मन लाग्यो|

******************************************************
मोफसलका केही उत्कृष्ट शेरहरु:
******************************************************

बिजेश मिश्र:
उसले छाडे पछि सराबी भएको छु
सराबी भएर नै खराबी भएको छु
भेटिए बाटोमा कतै सुनिदिनु उसलाई
पहिला ठिकै थिए अहिले जथाभावी भएको छु|
******************************************************

गीता खरेल "अनामिका"
अनुउत्तरित प्रश्न खोज्दै जवाफ, धरातल बिनाको बास कस्तो
कालरात्रिमा छालसँगै डुबेको डुंगा, मस्त निन्द्राको आस कस्तो
मुल्य सुची बिना, कुनै वस्तु बाँकि रहेन अब
सबै तामझामको मूल कारक, आमुल्य यो सास कस्तो
आफैलाई देख्न असफल छन्, संसार देखाउने आखाहरू
हजार खुशिहरुले पनि नसाटिने, यही  पिडा खास कस्तो|
******************************************************
पुकुका दुई मुक्तकहरु!!!
नदेखिने मन दुखेको हुनसक्छ
मुस्कानमा पिडा लुकेको हुनसक्छ
ऊ आँसु झार्दैन त के भो
मुहान नै कतै सुकेको हुनसक्छ|
******************************************************
जब एक अर्कामा चाख हुन्छ
एउटा सिर अर्को काख हुन्छ
पाएपछि त कुन्नि के थाहा
गुमाएपछि चै लाख हुन्छ|
******************************************************

प्रेम पाण्डे "मोहित"
सोधिन तिमीलाई माफ गर आज पिएर हेरे
तिमि बिना आज एकदिन जिएर हेरे
सकिन म कसम सास फेर्न एक पल पनि
दिनभरी पत्थरको मन लिएर हेरे|
******************************************************
जब तिम्रो याद आउछ झस्किएर लेख्छु गजल
तिम्रै बोलि तिम्रै मुस्कान अनुहारमा देख्छु गजल
सुन्दरताकी खानी तिमि मेरो गजल त्यसै फुर्छन्
तिम्रो रुपले शेर बोल्छन् तिनै शेरले सेक्छु गजल|
******************************************************
आज फेरी त्यो संसार याद आयो
त्यो मुस्कान अनि अनुहार याद आयो
घरि जिस्काउथे घरि जिस्किन्थे म
रिसाएर "प्रेम" चित्कार याद आयो|
******************************************************
 सुभारंभ साहित्य समाज, कृषि तथा वन विश्वविधालय रामपुर चितवन
खै क भयो रात ढल्दै ढल्दैन आजकल
तिमि बिना त सास चल्दै चल्दैन आजकल
तिमि मौसम हौ मेरी; मेरी बहार कि मौसम
बेमौसमी उमङ्ग फल्दै फल्दैन आजकल|
******************************************************
मैले उनीसँग हारेर छोडे
समालिदै मन मारेर छोडे
म मात्रै कति लाग्नु
मुटु काबुमा पारेर छोडे|
******************************************************

गोविन्द "नबोदित"को सवाल:

साहश अनि धैर्य हराएको बेला
कहाँ थियौ तिमि? म डराएको बेला
वर्षौ पछि के सोचेर पुष्प बोकी आयौ?
फुल छोडी काँडा मन पराएको बेला

गीता खरेल "अनामिका"को जवाफ:

एक्लो भिडमा कतै हरायौ कि तिमि
अल्मलिदै आत्तिएर कहिँ, डरायौ कि तिमी
प्रदुषित कपटी दुनियाँ, निश्चल बानि तिम्रो
छटपटीएर साथ नपाई करायै कि तिमी
समेट्न असक्त भयौ, सिमा पारि तिमी
देखि सपना नराम्रो बर्बरायौ कि तिमि
******************************************************

सुदिप देवकोटा
आज फेरी ऊनको याद आयो
छोडी जाने जुनको याद आयो
चमक छर्नेछ कतै दुर दराजमा
सुनारसँगै बिदा माग्ने सुनको याद आयो|
******************************************************

युवराज पन्त
संचारमा मात्र जब सिंगो संसार अढिन्छ
यस्तो आभाष हुने रै'छ आकासका आक्खा तारा गनिन्छ|

दिन-दहाडै जब जुनतारा सपनीमा चम्काईन्छ
यस्तो महसुस हुने रै'छ पैदल नै संसार चालिन्छ|

भद्दापनको बोक्रे आडम्बर जब स्वत: त्यसैमा थपिन्छ
यस्तो लाग्दो रै'छ सारा संसार स्वयं हकिन्छ|

मनको फलदायी लड्डुलाई जब घ्युसंग सेवन गरिन्छ
 कुनै शंका रैनछ- "सपनाको संसारमा जो पनि रमाईन्छ|

*****************************************************************



पुनश्च: यी रचनाहरु "सुभारंभ साहित्य समाज, कृषि तथा वन विश्वविधालय"को आधिकारिक Facebook Group बाट साभार गरिएको हो| आफ्नो रचना पठाउनको लागि sahityasamaaj@groups.facebook.com मा सम्पर्क गर्नु होला|


****************************************************************
********************************
********************
!!!इतिश्री!!!
Post a Comment