प्रणय दिवस (valentine Day)

मिती: फाल्गुन०६,२०६९.आइतबार (Feb 17, 2013,Sunday)
९ फेव २०१३

प्रणय दिवस वा Valentine day; माया गर्नेहरुको दिन| बिशेष गरेर मायालु, प्रेमिका वा साथीहरुसँग माया-मोह साटासाट गर्ने दिन| तर आफ्नो न त कुनै प्रेमिका छ न त मायालु| त्यसैले त्यो दिन प्रेमिकासँग नभए पनि यौटी निकै मिल्ने साथी अझ भनौ साथिनीसँग फिल्म हेर्न जानुपर्यो भनेर फोन गरे|

“हेल्लो|”

“हेल्लो! गणेश कता छौ?” मेरो हेल्लो मै उसले सारा विवरण पत्ता लगाई| आखिर ३-४ वर्षअघि देखि संगत गरेको साथी न हो मेरो स्वर चिन्न उसलाई कुनै गारो परेन|

“म राजधानी तिर| के गर्दै छौ तिमी?” मैले राम्रोसँग जवाफ फर्काउन नपाउदै मेरो प्रश्नको जबाफमा उताबाट प्रतिप्रश्न आउँछ| 

“तिमीले काठमाण्डौँ आए पछि भेट्छु भनेको थियौ, भेट्ने हैन?”
त्यसैले त तिमीलाई फोन गरेको नि भनेर भन्न मन त लगेको थियो तर उसले नै प्रताब राखेपछि मैले केही बर्गैनिंग गर्न पाउने हुनाले र मैले भनेको दिनमा भेट्नको लागि उसलाई मनाउन सजिलो हुने भएकोले केही भाउ खोजे जस्तो गरे|

“भेट्न हुन्थ्यो तर हेर न अति ब्यस्त छु| मैले धेरै काम गर्नु छ| तै पनि भन कैले भेट्ने?”

“अ!” केही सोचेजस्तो गरेर उसले भनि, “फेव १०! हुन्छ?”

“अह! त्यो दिन मैले आमालाई अस्पताल लैजानु छ| अलि मिल्दैन होला|”

“त्यसो भए फेव ११ र १२ मा मेरो फिल्ड जानु छ| फेव १३ मा भेटौँ न त|”

मलाई प्रणय दिवस मनाउनु थियो| मैले किन पो “हुन्छ” भन्थें र! “फेव १२ र १३ मा म यहाँ हुन्नहोला| मिल्छ भने फेव १४ मा भेटौँ न त|” मैले आफ्नो दुलो सोझो बनाए|

“तिमी कैले फर्कने हो र?” केही गारो माने जस्तो गरेर प्रतिप्रश्न आयो|

“लगभग फेव १५ तिर हुन्छ होला|” सबैजनाले प्रेमिकासँग १४ फेव मनाउदै गर्दा मैले पनि मनाउन खोज्नु कुनै नौलो कुरो थिएन| त्यो पनि केटि साथीसँग| यस्तो मौका फेरी जुर्ला नजुर्ला, जुरेको मौका किन खेर फाल्नु? मैले यस्तै सोच्न पुगे| म दावाका साथ भन्न सक्छु सायद अरु कोही भएको भए पनि यही नै सोच्छ| फर्कने दिन निर्क्योल नभएतापनि उनलाई प्रणय दिवसको दिनमा भेट्न बाध्य गराउन केही झुटो बोले|

“हुन्छ त्यसो भए १४ फेवमा नै भेटौँ |” केही अप्ठ्यारो माने जस्तो गरेर स्वीकृति दिईन|

“कति बजे, कहाँ?” मैले सोधें|

“१४ फेव, सिविल मल, बिहान ११:३० बजे|”,जबाफ आयो|


“Yuppi! See you soon. Bye cutee!!!!!!!!” मैले खुसि हुँदै फोन राखें| मेरो खुसीको सिमा रहेन| मनमा कुराहरु खेलाउन थाले|

४ वर्ष अगाडी क्याम्पस पढ्दा सँगै बिताएका यादहरु अझै मानसपटलमा ताजा नै थिए| हामी क्याम्पस बाहेक अरु ठाउँमा बिरलै भेट्यौँ र क्याम्पसपछि पनि सायद भेटेनौँ| उनिसँग अन्तिम पटक भेटेको मिति मलाई याद छैन| तर ति बेलाका यादहरु अनि सम्झनाहरु अझैसम्म पनि उनको आभाष दिलाउनका लागि काफी थिए| बिरलै भेटघाट भएतापनि नियमित फोन सम्पर्क, SMS अनि missed Call ले हामीलाई निकट राखेको थियो| प्राय: दिनमा १०-१२ SMS र ४-५ phone calls ले गर्दापनि भेटघाट गर्नुपर्ने बाध्यता थिएन त्यतिबेला| फेरी हामी बस्ने ठाउँ अलि टाढा भएकोले पनि भेटघाट सहज थिएन| त्योभन्दा पनि धेरै हामीलाई भेटघाट गर्नुपर्ने कुराको महसुस भएको थिएन, सायद|

निकै वर्षपछि भेट्ने, त्यो पनि Valentine day को दिनमा; कतै प्रेम प्रस्ताब पो राखौँ कि! भन्ने सोच मनमा आयो| जे पर्ला-पर्ला एकपटक त प्रस्ताब राख्नै पर्यो भनी केही गुलाबको थुँगाहरु, मनका भावहरु समेटिने केही Greeting Cards अनि उनको लागि सुहाउने एक सेट रातो one piece किनेर निकै मेहेनतका साथ मिलाएर राखे र बाहिर बाट “Will You Be My Valentine” ले सजिएको Wrapping paper ले बेरेर त्यो माथि “I Love You” लेखेको रिबनले बाँधेपछी “Love From your Valentine” लेखेको प्लास्टिकमा राखें ता कि खोलेर हेर्दा “Love from your valentine”, “I love you” र Will you be my valentine” क्रमिक रुपमा देखियोस् र मुखले नबोली सजिलै त्यो Gift बाट नै मेरो प्रस्ताब ब्यक्त होस्| त्यो प्लास्टिक बाहिर फेरी अर्को प्लास्टिक राखे ता कि अरुले भित्र के छ भनेर अड्कल काट्न नसकुन् र गिफ्ट खोल्नु अगाडी उनले पनि| फिल्म हेरेपछि कुनै राम्रो रेस्टुराँमा लगेर प्रस्ताब राख्ने विचार गरे|

१४ फेव २०१३,

बिहान करिब ५ बजे नै उठेर नुहाउने तरखर गर्छु|

“दाई! पागल भएछ| ए! आज त Valentine day पो हो त| कतै date जाने प्लान छ के हो?” बहिनीले जिस्काऊँछे|
म नबोली नबोली बाथरूम भित्र छीर्छु| बुबा र आमा पनि मेरो चालामाला देखरे तीन छक्क परेका छन्|

पानी चिसो नै भएपनि मलाई नुहाउन करिब एक घण्टा लाग्छ| घिरौलाको जालोले घोटेर छाला रातो हुने गरि मयलका प्रत्येक तहहरु राम्ररी फाल्छु| केही दुखेको अनुभव भएतापनि मलाई दुखाईको कुनै प्रबाह हुदैन|

आजसम्म मैले यती धेरै मिहेनत गरेर नुहाएको मलाई सम्झना छैन| प्रेम भेन्ने कुरा यती धेरै तागतवान हुदोँरहेछ कि दुखाई, जाडो, निन्द्रा आदि जस्ता कुराहरु सामान्य लाग्दा रहेछन्| अरु बेलामा प्राय: ९ बजेतिर उठ्ने म काठमाण्डौँको चिसो पानीमा बिहान ५ बजे नुहाउने त सोच्न पनि सक्दिन थिए| तर आज “म” भित्रको “म” परिवर्तन भएको थियो, प्रेमका खातिर|

भएजति सबै कपडाहरु एक-एक गर्दै लगाउदै फुकाल्दै गर्छु| कुनै कपडाले पनि सुहाएको जस्तो लाग्दैन| अन्तिममा बाँकी एक जोर कपडा लगाउँदा अरु भन्दा केही सुहाएको आभस हुन्छ र त्यही लगाउँने निर्णयमा पुग्छु| Deniver को perfume छर्केर शरिरको देखिएका जति अंगमा fair and handsome लगाउँछु र आफ्नो गन्तब्यको लागि निस्कन्छु हातमा valentine special pack को साथ|

करिब ११ बजेतिर त्यहाँ पुग्छु; उनि मलाई कुरेर बसिरहेकी पाउँछु|

नजिकै गएर पछाडीबाट आखाँ छोपी दिन्छु| उनलाई मेरा स्पर्शहरु ठम्याउन कुनै गारो पर्दैन “गणेश! stop it. It’s public place!”

गोरो र गहूँ-गोरोको मध्यतिर तर गोरोको नजिक पर्ने उनको सुन्दर मुहारलाई गाढा निलो रंगको one piece, छाला सँग मिल्दो रंगको thermocoat, निलो रंगको जुत्ता अनि केही लामा नङमा रातो रंगको नङ-पालीशले अझ सुन्दर देखाएको थियो| उनको एकछेउका मसिना काटाहरुले बाध्न सकिने जति कपालमा करिब आधा भागबाट तलतिर केही रातो र केही हरियो देखिने गरि रंग पोतिएको थियो| हावाको बेगसंगै तरंगित ति केशहरुको स्पर्श लिन नखोज्ने सायदै कोही होलान्| उनि निकै सुन्दर देखिन्थिन्| Valentine day मनाउन त्यहाँ आउने जोडीहरुमध्य कोही उनलाई परबाट हेर्थे त कोही उनको नजिक हुँदै उनिलाई हेर्दै पार हुन्थे भने Valentine day को दिन पनि एक्लै हुने जवानहरु उनलाई date जान प्रस्ताब राख्न खोजे जस्तो गर्थे|

“Hmm! Someone is Looking more beautiful. Just like an angel.”, केही जिस्काएजस्तो गरेर प्रसंशा  गर्छु|

“Thanks dude! just for you.”, उनिले पनि त्यस्तै भावमा प्रतिक्रिया दिन्छिन्| मेरो खुसिको सिमा रहन्न|

“Huh! you looking handsome too. Wow! valentine day को दिनमा गणेशको हातमा गिफ्ट? के बुज्नु मैले? anyway congrach! I owe treat.” केही अंग्रेजी र केही नेपाली मिसाएर बोल्छिन्|

तिम्रो लागि हो darling. you owe treat and I own you. भन्न यही खोजेको थिए तर त्यो भन्दा surprise प्रपोज नै राम्रो होला भनेर “Ya! केही छिनपछि you’ll know who she is. Then after I owe you a treat” मैले पनि new generation language मा जबाफ फर्काउँछु |

मेरो कुरा सकिन नपाउँदै उनि टिकट लिन टिकट-घर तिर पुगी सकिछन्|,“Three tickets please!”

उनिले टिकट किन्न लागिसकेपछि मैले म किन्छु भन्नुको कुनै अर्थ थिएन| म भने फिल्महरुको पोस्टर नियाल्न थाल्छु|

“किन तिन ओटा टिकट?”, मैले केही अचम्म मान्दै सोध्न पुग्छु|

“राघव पनि आउँदै छ| मेरो valentine.”

म छाँगाबाट खसे जस्तै हुन्छु| मुखबाट कुनै आवाज निस्कदैन बरु त्यो ठाउँ छोडेर हिड्न मन लाग्छ तर सक्दिन| उफ! आजकल को(?) होला valentine day नमनाउने? यही सोच्न पुग्छु| अन्तिममा “म बाहेक” भन्ने शब्द पनि जोड्न मन लाग्छ|

“अनि anything new about you?” केही समयको मौनता पछि उनले सम्बादको सुरुवात गर्छिन|

“Nothing. total Messed up!” मेरो जबाफ खस्न नपाउदैँ राघवको आगमन हुन्छ|

“Hi! it’s me Raghav. I’ve heard a lot about you from Arati.”, राघवले हात अगाडी बढाउँछ|

मलाई Bastard Motherfucker! You fucked me up. I know you, an asshole! भनेर मुक्का हान्न मन भएतापनि “Hi!” मात्र भनी हात मिलाएजस्तो गरि मलको सबैभन्दा माथिल्लो तल्लामा भएको हलतिर लाग्छौँ| उनि राघवको अंगालोमा बाधिन्छिन् म पछि पछि लाग्छु उनीहरुलाई पछ्याउँदै|

फिल्म सुरु हुन्छ| पर्दामा कलाकार, निर्माता, अन्य सहयोगी र फिल्मको नामहरु लहरै आउन थाल्छन्| एकनासले पढ्दै जान्छु|
                  
“MURDER 3: Love.......................................in this valentine.”

फिल्म सकिन्छ|

फिल्म सकेर निस्किएपछि उनिसँग बिदा लिएर “समुन्द्रको गहिराई र केटिको मन कहिल्यै नाप्न सकिन्न “ भन्ने उखान सम्झदै फर्कनुँ सिबाय मेरो कुनै काम हुँदैन| केही अघि मात्र "तिम्रो लागि Dude" भनेर मलाई मख्ख पार्ने केटि भर्खर अर्कै केटासँग अंगालोमा बाधिएकी छे| सम्झदै फर्कन्छु|  फर्कने क्रममा सहिद गेट नजिकै फूटपाथमा valentine pack फालेर केही अगाडी बढ्छु| स्कुल ड्रेसमा भएको ५-६ पढ्ने जस्तो देखिने एउटा केटाले उक्त गिफ्ट टिपेर आफुसँगै पढ्नेजस्तो देखिने केटिलाई लगेर दिन्छ| “Happy valentine day” कानमा एक्कासी आवाज ठोकिन्छ| म हेरिरहन्छु|


“उफ! आजकल केटाकेटिहरु सिंगल चाँही कहीलेसम्म रहन्छन्? सरकारले किन रक्सिजस्तै valentine day पनि १८ वर्षपछि मात्र मनाउन पाउने ब्यवस्था गर्दैन?” मनमा कुरा खेलाउदैँ आफ्नो बाटो लाग्छु|

(कथामा समय र ठाउँहरु वास्तविक लागेतापनि पात्रहरु र कथा काल्पनिक हो| The story and characters are total fiction though location and time seems to be real.)

Also find the story in http://facebook.com/bijeshmishra.biju notes in Facebook