कृषि उद्यमीहरुका सफलताका कथाहरुको बारेमा प्रसारण भएको कार्यक्रमको प्रतिक्रिया


बी. बी सी. साझा सवालमा मिती २०६९.१२.११ गते कृषि उद्यमीहरुका सफलताका कथाहरुको बारेमा प्रसारण भएको कार्यक्रमको प्रतिक्रिया: (अप्रसारित)


      देशमा रहेका विभिन्न उद्योगहरु धरासायी बन्दै गएको विषम अवस्थामा बी. बी सी. साझा सवालले परिश्रमी र सफल किसानहरुको सफलताका कथाहरु प्रसारण गरेपछि अन्य नेपालीहरुलाई जस्तै हामी कृषि क्षेत्रमा दक्षता हाशिल गर्न लागेका कृषिका बिद्यार्थीहरुलाई पनि कृषिमा व्यावसायिकता र सम्भावनाहरु खोज्न हौसला एवं उत्साह प्रधान गरेको छ| बी. बी सी. साझा सवाललाई धन्यवाद अनि सफलताको शुभकामना पनि|