BBC साझा सबालमा भएको बहशको प्रतिक्रिया


मिति २०६९.११.२० गते BBC साझा सबालमा प्रतिपक्षको भूमिकाको सम्बन्धमा भएको बहशको प्रतिक्रिया

आफ्नै स्वरमा प्रसारित प्रतिक्रियाको स्वरूप:

हिजोको साझा सबाल सुनेर हाल रामपुर क्याम्पस चितवनमा ध्यायनरत तनहुँका बिजेश मिश्र टिप्पणी  गर्छन्:
          जन-आन्दोलनबाट धेरै राजनैतिक परिवर्तन भएतापनि जनताका हकहितहरु र आधारभूत आवश्यकताहरु सुनिस्चित नहुदाँ  हाल जनतामा राजनीति र राजनीतिज्ञहरु प्रति बितृष्णा छ| जसका कारण जनता नेताहरुको पछाडी लाग्न छाडेका छन् | त्यसैले नेताहरुलाई विभिन्न एजेण्डाहरुमा बहस गर्दै त्यसैमा अल्झिएर बस्नुको विकल्प छैन|

Listen Radio Recorded Audio From Mobile: https://soundcloud.com/biju9bjs/bbc
Original Audio From BBC Nepali Service: https://soundcloud.com/biju9bjs/bbc-original-record

सम्प्रेषित प्रतिक्रियाको स्वरूप:

           जनाधिकारहरु सुनिस्चित गर्न भन्दै २०४६ सालको जन-आन्दोलन, १० वर्षे जनयुद्ध र २०६२/६३ को जन-आन्दोलनबाट धेरै राजनैतिक परिवर्तन भएतापनि जनताका हकहितहरु र आधारभूत आवश्यकताहरु सुनिस्चित नहुदाँ  हाल जनतामा राजनीति र राजनीतिज्ञहरु प्रति बितृष्णा छ| जसका कारण जनता नेताहरुको पछाडी लाग्न छाडेका छन् | त्यसैले नेताहरुलाई विभिन्न एजेण्डाहरुलाई बहसमा ल्याएर त्यसैमा अल्झिएर बस्नुको विकल्प छैन| नेताहरु अहिले त्यसैको परिणाम भोगिरहेका छन्|