गीर्वाणीको आसु: यो मन मेरो कहिले बुझ्ने हो ।


आसुँ मेरो कल्ले देख्ने यो मन मेरो कहिले बुझ्ने हो ।
मेरो भाग्य लुटी गयो आसुँभित्र म कति रुझ्ने हो …।


आमा, मामा सबै मारे, मामाघर त मेरो मसान जो
घर त मेरो बैगुनी हो, दिदीबैनी भारत ब–सान भो …।।

वीरेन्द्रको रगत बोकी दिदीबैनी हामी रोई बाँच्या’छौँ ।
श्रुति मेरी आमा मरिन्, सपनीमा उनलाई साँच्या’छौ…।।

मेरो जन्म भयो दरबारमा यसमा कसको दोष थियो रे ।
दैव पनि निष्ठुरी भै किन भाग्य हाम्रो लुटिलियो रे …।।

बाजेबज्यै आमामामा मार्ने यहाँ कोको होला रे ।
टुहुरी म रोई बस्छु, दुई आँखा भए खहरे खोला रे …।।
जय देश जय भाग्य †
(This poem and photo are copied from somewhere else.)
Photo Description : १८ पुस| नारायणहिटी दरबारभित्र नरसंहार हुँदा उनी मात्र तीन वर्षकी थिइन् । सायद आफ्नी आमाको धमिलो छवि मात्र उनको मानसपटलमा छ । १४ वर्षीया गीर्वाणी शाह आमाको त्यही धमिलो छवि मन मस्तिष्कमा लिएर नेपाल आर्ट काउन्सिलमा आयोजित पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरखशमशेरसित गत शनिबार नेपाल आर्ट काउन्सिल पुगिन् । गएकी उनले सबै तस्बिरहरू हेर्न भने सकिनन् । आमाको तस्बिर हेर्दाहेर्दै भक्कानिएर रोइन् ।)