क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल अवधारणापत्र–२०६७


राष्ट्रियता र जनगणतन्त्रका लागि बौद्धिक–सांस्कृतिक अभियान
प्राक्कथन
साहित्यकला तथा बौद्धिक गतिविधिका माध्यमबाट समाजरूपान्तरणमा महŒवपूर्ण भूमिका खेल्नुपर्ने दायित्व पूरा गर्ने हेतुले माक्र्सवाद–लेनिनवाद–माओवादमा प्रतिबद्ध हामी बौद्धिक–सांस्कृतिककर्मीहरूले क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन गरी यसको उद्देश्य, नीति तथा कार्यक्रमलाई  सार्वजनिक गरेका छौं ।
समाज, सिर्जना र स्रष्टा
साहित्य, कला र संस्कृति  मान्छेका सामाजिक चेतनाका उपज हुन् । यिनको सम्बन्ध मानवीय आत्मिक र भौतिक अभिव्यक्तिसित छ । सामाजिक प्राणीका नाताले मान्छेले समाजका विविध पक्षहरूको अनुभव गर्दछ र अभिव्यक्तिका विविध रूपहरूमार्फत उसले त्यसलाई समाजमै सम्प्रेषण गर्दछ । कुनै पनि सिर्जना स्रष्टाको अनुभव, अनुभूति र सामाजिक सम्बन्धको उपज हो । योसित स्रष्टाको सामाजिक सम्बन्ध, उसको वर्गीय स्थिति र विश्वदृष्टिकोण गाँसिएको हुन्छ । वर्गीय समाजमा साहित्यकला र बौद्धिक उत्पादन पनि वर्गीय हुन्छन् भन्नुको अर्थ पनि यही हो । यसलाई हामी हाम्रै समाज र सिर्जनाको इतिहासबाट पनि अवगत गर्न सकछौं ।
नेपाली समाज र वर्गीय चिन्तनको ऐतिहासिकता
एकीकृत सामन्ती राज्यको स्थापनासँगै नेपाली समाजमा आर्थिक, राजनीतिक र सांस्कृतिक अन्तर्विरोध नयाँ किसिमले विकसित भयो । सामन्ती राजनीतिक स्वार्थलाई हिन्दू धर्म र सामन्ती सांस्कृतिक अहम्सित जोडेर नेपाली समाजमा लागू गर्न थालियो । आदि कवि भनेर एक थरी इतिहासकारहरूले स्थापित गरेका  भानुभक्तले  एकाध असन्तुष्टिका अभिव्यक्ति दिए पनि उनले सामन्ती आदर्श र अभिजात्य सस्कृतिलाई नै मलजल हाल्ने काम गरे । यिनको तुलनामा गुमानी र यदुनाथहरूकै भूमिका सकारात्मक देखापर्यो । राणाशासनको आरम्भसँगै अश्लील र स्तुतिवादी साहित्यले फस्टाउने अवसर पायो । नीतिवादी र रहस्यवादी चिन्तनमा आधारित भए पनि सन्त साहित्य र यसका विचारक ज्ञानदिल दास र योगमायाहरूले हिन्दू अतिवादको विरोध गर्दै सामाजिक विसङ्गतिप्रति प्रहार गर्ने काम गरे । त्यस बेलाको स्थितिमा  तुलनात्मक दृष्टिले यो प्रगतिशील चिन्तन थियो ।

बाहिरी समाज, खास गरेर रूस र चीनमा देखा परेका जनजागरणका घटनाले नेपाली समाजलाई पनि घचघच्यायो । ‘लखन थापा विद्रोह’ र ‘मकै पर्व’ हुँदै विरोध र विद्रोहको स्वर ‘लाइब्रेरी पर्व’को रूपमा प्रस्फुटन भयो । यो नेपाली समाजमा बौद्धिक विद्रोहको पहिलो सचेत विष्फोट थियो । यसबीच भएको सहिदकाण्डले विद्रोहचेतलाई नयाँ उर्जा र ऊँचाइ प्रदान गर्यो । लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालको विद्रोहचेतले समाज, सिर्जना र स्रष्टाबीचको सम्बन्धलाई नयाँ किसिमले परिभाषित  गर्यो । यसै क्रममा नेपाली समाजमा मार्क्सवादी दर्शन, विचार र राजनीति पनि क्रमिक रूपमा फैलिंदै गयो । राणाविरोधी आन्दोलन र चीनमा भएको नयाँ जनवादी क्रान्तिको आलोकमा २००६ (सन् १९४९) सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसै बेलादेखि स्वस्फुर्त लेखनले प्रस्ट रूपमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण पायो । पक्षधरता र प्रतिबद्धताको अवधारणा र सिद्धान्तले यसै बेलादेखि नया“ मूल्य र मान्यता प्राप्त ग¥यो ।
 कम्युनिस्ट आन्दोलन र बौद्धिकसांस्कृतिक आन्दोलनको निरन्तरता
सिर्जनप्रक्रिया, सोन्दर्यशास्त्रीय पक्ष र सांस्कृतिक आन्दोलनका आफ्ना केही निजी र मौलिक पक्ष  भए पनि सांस्कृतिक आन्दोलन मूलतः राजनीतिक आन्दोलनकै गति, दिशा र निरन्तरतामा अघि बढ्ने गर्दछ । उत्पादनसम्बन्ध र उत्पानशक्तिबीच देखिने विभिन्न आरोहअवरोह र  क्रियाप्रतिक्रियासित सांस्कृतिक आन्दोलन घनिष्ठ रूपमा गाँसिएको हुन्छ । यस अर्थमा नेपालको जनसांस्कृतिक आन्दोलन नेपाली समाजको वर्गसङ्घर्षको आन्दोलन हो । यो कुरा हामी २००६ सालदेखि महान् जनयुद्धसम्मको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र बौद्धिक—सांस्कृतिक आन्दोलनको इतिहासको तुलनात्मक अध्ययनबाट पनि अवगत गर्न सक्तछौं ।
नेपाली कम्युनिस्ट आन्दोलन कहिले दरवारपरस्त त कहिले भारतपरस्त प्रवृत्तिका विरुद्धका साथै कहिले दक्षिणपन्थी अवसरवाद त कहिले जडसूत्रवादका विरुद्ध सङ्घर्ष गर्दे अघि बढ्यो । ‘झापा विद्रोह’ र ‘चौथो महाधिवेशन’को गठनपछि यसले केही नयाँ गति लिए पनि विक्रमको चालिसको दशकमा पुग्दानपुग्दै यसमा विभाजन र विखण्डनका प्रारूपहरू देखिन थाले । सारसङ्ग्रहवाद र दक्षिणपन्थी अवसरवादविरुद्धको सङ्घर्ष तीव्र बन्दै गयो र यसैका बीचबाट नेपाल कम्युनिस्ट पार्टी (मशाल) को निर्माण भयो ।  नेपाल कम्युनिस्ट पार्टी ( मशाल) ले सबै थरी विचलन र विभ्रमका विरुद्ध सङ्घर्षलाई तीव्र बनाउँदै लग्यो । यसले मालेमाको मूल्य र आदर्शलाई अगाडि राखेर दीर्घकालीन जनयुद्धको आवश्यकता र औचित्यमा जोड दियो ।  मशालको क्रियाशीलता र अगुवाइमा भएका एकता र ध्रुवीकरणको प्रक्रियासंगै २०४६ सालमा नेपाल कम्युनिस्ट पार्टी ( एकताकेन्द्र) को निर्माण भयो ।
२०४६ पछि बौद्धिक–सांस्कृतिक आन्दोलनलाई नयाँ किसिमले गति दिन वातावरण केही सहज भए पनि  आमूल परिवर्तनको यात्रा अझै बाँकी थियो । संसदीय सुधारवाद र सारसङ्ग्रहवादी गोलचक्करबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई  मुक्त पारेर नयाँ गति र दिशा दिने महान् योजना र अभियानकै क्रममा २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को विकास भयो । यसले २०५२ साल फागुन १ गतेदेखि महान् जनयुद्धको आरम्भ गर्यो । यस महान् अभियानले साहित्य–कला र सिङ्गो बौद्धिक—सांस्कृतिक आन्दोलनलाई नयाँ विचार, दिशा र गति प्रदान गर्यो ।

बौद्धिक–सांस्कृतिक आन्दोलनको निरन्तरता र जनयुद्ध
बौद्धिक–सांस्कृतिक आन्दोलनको यस इतिहासमा निश्चित कालखण्डमा निश्चित पात्रले  खासखास भूमिका खेलेका छन् । यो इतिहासमा लक्ष्मीप्रसाद देवकोटा, हुदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, केवलपुरे किसान, गोकुल जोसी, युद्धप्रसाद मिस्र, पारिजात र चैतन्यहरूको भूमिका ऐतिहासिक रहेको यथार्थ पनि सर्वविदितै छ । खास गरेर दक्षिणपन्थी पलायनवाद, सारसङ्ग्रहवाद र अराजकतावादका विरुद्ध क्रान्तिकारी बौद्धिक–सांस्कृतिककर्मीहरूको नेतृत्वमा भएका वैचारिक सङ्घर्षहरू ऐतिहासिक महत्त्वका रहेका छन् ।
राजनीतिक क्षेत्रको जस्तै नभए पनि  कम्युनिस्ट आन्दोलनमा देखापरेका विविध प्रवृत्तिहरू बौद्धिक–सांस्कृतिक आन्दोलनमा पनि रहेका छन् । सामन्ती संस्कृतिका साथै अहिले क्रान्तिकारीहरूले लड्नु परेको मूल लडाईंमा उत्तरआधुनिकतावादी शून्यवादका विरुद्ध छ । त्यतिमात्र नभएर कम्युनिस्ट आन्दोलनका झैँ बौद्धिक–सांस्कृतिक आन्दोलनभित्र पनि दक्षिणपन्थी अवसरवाद, सारङ्ग्रहवाद,  क्रान्तिकारी रूपवाद र जडसूत्रवादी यान्त्रिक प्रवृत्तिका विरुद्ध पनि क्रान्तिकारीहरूले निरन्तर लडाईं लडिरहनु परेको स्थिति छ ।
महान् जनयुद्धको विकास र निरन्तरतामा सबै किसिमका विचलन र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्दै अघि बढेको र पछिल्ला दिनहरूमा पनि महान् जनयुद्धका आदर्श र क्रान्तिकारी निरन्तरताप्रति प्रतिबद्ध प्रवृत्ति नै अहिलेको बौद्धिक–सांस्कृतिक आन्दोलनको मूल प्रवृत्ति हो । क.यसले मार्क्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मूल पथप्रदर्शक सिद्धान्त मान्दछ । ख. यसले ‘चिनिया“ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’को मूल भावलाई केन्द्र मान्दछ । ग.यसले प्रतिबद्धताको मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई  आत्मसात गर्दछ । घ.यसले ‘पोलिटिक्स इन कमाण्ड’को माओवादी अवधारणलाई आधार मानेर अघि बढ्दछ । ङ यसले महान् जनयुद्धका क्रममा निर्मित र विकसित सौन्दर्य, आदर्श र मूल्यलाई मूल प्रस्थानविन्दु बनाऊँछ ।

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठनको आवश्यकता र औचित्य
विभिन्न पार्टीहरूका आफ्नै साहित्यिक—सांस्कृतिक मोर्चा र बौद्धिक मञ्च र मोर्चाहरू छन् र  जनसाहित्यकै नाममा पनि विभिन्न सङ्घ–संस्थाहरू अस्तित्वका रहेका देखिन्छन् । यसरी हेर्दा यो  मञ्चले पनि एउटा थप सङ्ख्या थपेको छ  भन्न सकिन्छ  । परन्तु यसको स्थापना एउटा नाम र सङ्ख्या थपिनुमा मात्र सिमित छैन । यसको गठन क्रान्तिकारी  मूल्य–मान्यता, लक्ष्य, नीति, योजना र प्रतिबद्धताका साथ भएको व्यहोरा हामी प्रस्ट पार्न चाहन्छौं ।
अहिले पनि माक्र्सवाद–लेनिनवादको नाम राखेर गतिविधि गरिरहेका संस्थाहरू नभएका होइनन् । तर यस्ता नामधारी कतियय संस्थाले जनसंस्कृतिको निर्माण र बौद्धिक गतिविधिका नाममा मार्क्सवादकै भ्रष्टीकरण गर्दै  विकृति र  विभ्रम फैलाइरहेका छन् । तिनीहरूसित क्रान्तिकारीहरूको सोझै टक्कर पर्नु स्वाभाविक छ । कुरामा मालेमा भन्ने तर व्यवहारमा दक्षिणपन्थी अवसरवाद र नवसारसङ्ग्रहवादको अभ्यास गर्ने, शब्दमा ठूलाठूला र तडकभडक प्रवृत्ति देखाऊँने र व्यवहारमा चाँहि विचारविहीन भीडतन्त्र जम्मा पारेर रमाइलो गर्ने ‘क्रान्तिकारी–रूपवादी’ प्रवृत्ति पनि  हाम्रो आन्दोलनमा बडो डरलाग्दो किसिमले देखापर्न थालेको छ । यसले मार्क्सवादभित्र उपयोगितावाद र उत्तरआधुनिकतावादी उपभोक्तवादको प्रवेशलाई सहज बनाएको  छ ।  यस किसिमको विचलनले लिने बाटो भनेको अन्ततः विसर्जनवाद नै हो । हामी यसका प्रारूप पनि व्यवहारमा देखिरहेका छौं  । दक्षिणपन्थी अवसरवादका विरुद्धमात्र नभई मध्यपन्थी अवसरवाद अर्थात् नवसारसङ्ग्रहवाद र क्रान्तिकारी–रूपवादी विसर्जनवादका विरुद्धसमेत लड्नु आजको आवश्यकता हो  । हामी यिनै  आवश्यकता पूरा गर्ने कटिबद्धताका साथ सङ्घर्षको मोर्चामा आएका हौं ।

यसका सैद्धान्तिक–वैचारिक प्रस्थापनाहरू
१ यसले माक्र्सवाद–लेनिनवाद र माओवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दछ ।
२.यसले ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’को मूल्य र मर्मलाई मूल आधार बनाऊँछ ।
३.यसले मालेमावादी प्रतिबद्धता र पक्षधरताको सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता जनाऊँछ ।
४.यसले समाजवादी यथार्थवादका आधारभूत मूल्य—मान्यतालाई आत्मसात गर्दछ ।
५.यसले महान् नेपाली जनयुद्धले निर्माण गरेको सौन्दर्यमूल्य र आदर्शलाई प्रस्थानविन्दु  बनाऊँछ ।
६. यसले समाजरूपान्तरणमा बौद्धिक–सांस्कृतिककर्मीहरूको भूमिकालाई उच्च महत्त्व दिँदै तिनलाई सही अर्थमा      बौद्धिक शक्ति र सेनाको रूपमा विकास गर्न जोड दिन्छ ।

यसका उद्देश्यहरू
माथिको सैद्धान्तिक जग र आधारमा टेकेर यस मञ्चले आफ्नो उद्देश्यलाई निम्न किसिमले परिभाषित गरेको छ :
१. क्रान्तिकारी राजनीतिको पक्षमा दृढताका साथ उभिएर यसले निर्दिष्ट गरेको दिशालाई सैद्धान्तिक तथा व्यावहारिक दृष्टिले अवलम्बन गर्नु ।
२.साहित्य–कला तथा विविध बौद्धिक–सांस्कृतिक अभियानमार्फत समाजरूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु ।
३.उत्तरआधुनिकतावादलगायत सबै किसिमका जनविरोधी चिन्तन र प्रवृत्तिहरूको तीव्र भण्डाफोर गर्नु ।
४.संसोधनवादलगायत सबै किसिमका रूपवादहरूको विरोध गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादका पक्षमा दृढताका साथ उभिनु ।
५.महान् जनयुद्धका आदर्श र मूल्यहरूलाई सैद्धान्तिक तथा व्यावहारिक पक्षमा स्थापित गर्दै जानु ।
६.राष्ट्रिय आत्मसमर्पणवादको निर्मम भण्डाफोर गर्दै राष्ट्रियताको पक्षमा सिर्जना तथा विविध बौद्धिक अभियानमार्फत जनमत सिर्जना गर्नु ।
७.सहिद स्रष्टाहरू र गाउँठाउं र विभिन्न किसिमले ओझेलमा परेका प्रतिभाहरूलाई प्रकाशमा ल्याऊँनु ।
८.जातीय, क्षेत्रीय, लिङ्गीय अतिवादलगायत सबै किसिमका अतिको विरोध गर्दै वर्गीय पक्षलाई मूल आधार बनाएर वैचारिक सङ्घर्ष चलाउनु ।
९.विश्वभरिका उत्पीडित जनताले आफ्नो हक र अधिकारका लागि गरेका हरेक सङ्घर्ष र न्यायपूर्ण आन्दोलन र  युद्धको समर्थन र सहयोग गर्नु ।
१०.समान विचार र उद्देश्य बोकेका देशभित्र तथा बाहिरका संस्थाहरूसित कार्यगत एकता र सहकार्यमा जोड दिनु ।
११.प्रकाशन, गोष्ठी र अभियानहरूमार्फत सिर्जनकार्य तथा वैचारिक सङ्घर्षलाई अघि बढाउनु ।
१२.मालेमाको पक्षमा विश्वका क्रान्तिकारी पार्टी र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक कर्मीहरूले चलाएको बौद्धिक–वैचारिक गतिविधि र अभियानप्रति प्रतिबद्धता जनाउनु ।

तत्कालको कार्यभार
यतिबेर मुलुक क्रान्ति र प्रतिक्रान्तिको भीषण द्वद्व र टक्करका बीचबाट गुज्रिरहेको छ । मुलुकलाई यथास्थितिमा सिमित राख्न र रक्तपात मच्चाउन देशी–विदेशी यथास्थितिवादी र प्रतिक्रियावादी शक्तिहरू जोडतोडका साथ लागेका छन् । जनताले बलिदानको महान् यात्रा पार गरेर निर्माण गरेको प्राप्तिहरूको रक्षा गर्दे जनगणतन्त्रको निर्दिष्ट लक्ष्य पूरा गर्नुपर्ने महान् जिम्मेवारीका साथै राष्ट्रियआत्मसमपर्णविरुद्धको लडाईंलाई पनि निरन्तर अगाडि बढाइरहनुपर्ने स्थिति अहिले क्रान्तिकारीहरूका सामु रहेको छ ।
राष्ट्रियता र जनगणतन्त्र दुवैको पक्षमा व्यापक जनमत सिर्जना गर्दै बौद्धिक समुदाय तथा सांस्कृतिककर्मीहरू आत्मिक र भौतिक रूपबाट सक्रिय हुनुपर्ने चुनौती अहिले हाम्रा सामु छ । त्यसै गरी बौद्धिक–सांस्कृतिक आन्दोलनमा देखापरेका दक्षिणपन्थी संशोधनवाद, नवसारसङ्ग्रहवादी मध्यपन्थी अवसरवाद र ‘क्रान्तिकारी–रूपवादी’ विसर्जनवादका विरुद्धको सङ्घर्षलाई पनि तीव्रताका साथ अघि बढाउनुपर्ने दायित्व यतिबेर हाम्रा सामु छ ।
त्यसैले  क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, राष्ट्रियता र जनगणतन्त्रको पक्षमा र सबै किसिमका अवसरवाद र विसर्जनवादका विरुद्ध  गोलबद्ध भई  महान् विद्रोहको आ“धी सिर्जना गर्न सम्पूर्ण क्रान्तिकारी, प्रगतिशील र देशभक्त बुद्धिजीवी तथा सांस्कृतिककर्मीहरूलाई हार्दिक आह्वान गर्दछ ।
आउनुहोस् :
सबैखाले अवसरवादविरुद्धको लडाईंलाई तीव्र बनाआँ 
महान् जनयुद्धका प्राप्तिको रक्षा र विकासका लागि एकजुट होऔं।
जनगणतन्त्रको दिशामा अघि बढौं
चैत्र ५,  २०६७ (मार्च १९, २०११)

Source: http://thenextfront.com/?p=68