दुई आँखै नशालु...


२०६९.०७.१६ बिहिबार
(
November 01, 2012)



दुई आँखै नशालु बन्दुक किन चाहियो
मायाले मन भरिएको छ सन्दुक किन चाहियो |


सपनीमा आ’कैछौ काले बिपनिमा तिम्रै याद
यति धेरै माया पाए पछि आफन्त किन चाहियो |
दुई आँखै नशालु बन्दुक किन चाहियो ||

मुटु दुखे सन्चो हुन्छ तिम्रो बोलि सुने पछि
तिम्रै बोलीमा जादु छ त मलम पट्टि किन चाहियो |
दुई आँखै नशालु बन्दुक किन चाहियो ||

टाढा को माया गाढा हुन्छ भन्छन
फोनमा कुरा त भैहाल्छ नि सम्मुख किन चाहियो |
दुई आँखै नशालु बन्दुक किन चाहियो ||




·         बिमला