उस्तै उस्तै नै छ

बर्षौ पछि पनि मेरो मन उस्तै उस्तै नै
उजाड यो बस्ति अनि बन उस्तै उस्तै नै


ऋतुहरु बदलिए फेरिए विचार पनि
आँसुसंगै बच्नु पर्ने चलन उस्तै उस्तै नै

तछाड मछाड गर्दै गर्दै लार्बरिन्छन् पाइलाहरु
नियतीको पर्खाल भित्र जीवन उस्तै उस्तै नै


फेरियो कि भन्ने लाग्ला बिर्सियो कि वन्ने लाग्ला
धर्म उही बोलि उही बचन उस्तै  उस्तै नै