आमा

मिती २०६९.०१.१०   (April 22, 2012)
साहित्य अनन्त छ, न त कतै कैद हुन्छ
त्यसैले त अप्रतियोगी बनि आयो बिजु
भावनामा बग्दै लेख्नुमा बेग्लै आनन्द छ ||

(Earth Day 2012 को अवसरमा सेती महाकाली समाज, कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान रामपुर, चितवनले आयोजित कविता प्रतियोगितामा वाचित  अ प्रतियोगी कविता)

ऐया र आथ्था! आमा आज रोइरहेकी छिन्
म माथिको अन्याय कम गर, आमा पल पल कहिरहेकी छिन्|

पिल्सिएको छु तिम्रा चोटहरुले, अब चोटहरु असहिय छन्
मिलेर बस सन्तति भन्दै आमा आँसु बहाइरहेकी  छिन्|

तिम्रा प्रत्येक चोटहरुले पोल्छ मलाई धेरै 
भन्दै आमा आज हात जोड्दै रोहीरहेकी छिन्|
मिलेर बस सन्तति भन्दै आमा आँसु बहाइरहेकी  छिन्||

नखोस मेरा गहनाहरु, तिमी लड्दा म नांगीएकोछु
पाउने छैनौ इज्जत तिम्रो, इज्जत जोगाउन आमा गुहार्दै  छिन्|
मिलेर बस सन्तति भन्दै आमा आँसु बहाइरहेकी  छिन्||

Post a Comment