आमाको नाममा प्रचलित उखान

मिती २०६९.०१.०९
मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन शनिबार सबैले आफ्नी आमालाई सम्झे । आमासितै भएकाले मीठा खानेकुरा खान दिए । टाढा भएका र आमा नभएकाले पनि भावना र सम्झनामा डुबेर आमाप्रति सम्मान प्रकट गरे । आमा शब्द आफैंमा पर्याप्त भएकाले समाजमा आमालाई बिशिष्ट रुपमा लिईन्छ । कुनै चिजको ममता र गरिमा दर्शाउन आमा शब्दको प्रयोग गरिन्छ । आमाकै नामबाट बिभिन्न उखान, गीत, कहानी, कविता, गजल पनि तयार भएका छन् ।
समाजमा प्रचलित तर धेरैले त्यति वास्ता नगर्ने आमासित जोडिएका केही उखान यस्ता छन्:
· आमाको दूधको भारा कति गरे पनि तिरिंदैन
· आमा छउञ्जेल माइति
· आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो
· आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन
· आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे
· आमाजस्ती सासू भए किन आउँथे आँसु
· आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी
· आमा तिरको मामा न बाबु तिरको काका
· आमा तिरको साइनु न बाबु तिरको साइनु
· आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ
· आमा दिन्छे, छोरी खान्छे
· आमा देखे भोक हराउँछ
See more 
· आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ
· आमा पछिको मामा, दाजु पछिकी भाउजु
· आमा पट्टकिो न बाबु पट्टकिो
· आमा बाबु उठेका, छोराछोरी सुतेका
· आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने
· आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ
· आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि
· आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने
· आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र
· आमाबाबु थिएनन्, बिहे गरिदिएनन्
· आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो
· आमा बिनाको के घर, बाबु बिनाको के थर
· आमा बिनाको घर के काम
· आमा बिनाको संसार सधैं अँध्यारो
· आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो ?
· आमा भन्दा छोरी चर्की
· आमा भन्दा छोरी जान्ने
· आमा भन्दा छोरी बाठी
· आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन्
· आमा मरेको छोरो बिगि्रदैन, बाबु मरेको छोरो सप्रँदैन
· आमा र भाउजु एउटै हो
· आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले
· आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ
· आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्
· आमाले काटेको र बाबुले चाटेको
· आमाले कुट्दा दुख्दैनन्
· आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ
· आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू
· आमा सित मामाको बखान
· आमा हुन साह्रो, बाउ हुन सजिलो
· आमैका अगाडि बाबैका दुहाई
· आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्
· आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन
· आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने
Source: Click Here
Post a Comment