प्रेमका सौगातहरु तिम्रोलागी !!!!!!

मिती २०६९.०१.०३ 
मृगनयनी रुप तिम्रो
सुनकेश्री केश होलान|
त्यही रुप संझी संझी
भाकल गरि कति रोलान्||

मुस्कान तिम्रो झनै मिठो
दंत्ये लहर खोली  हाँस्दा |
भोक तिर्खाको पनि यहाँ
हुँदैन रे कसैलाई वास्ता ||




जिउडाल पनि कस्तो
कम्मर  छि'न्या छ रे नि त|
यस्तो रुप देख्दा तिम्रो 
म त झन्डै मरे नि त||

समिपमा नहुँदा तिमी किन 
एउटा मन पोलेको छ रे|
आँखाकै भावले भएपनि
मनका  वातहरु बोलेको छ रे||

इर्ष्या छैन यो मनमा 
मनभित्र भावहरु लुकेका छन् |
तिम्रो प्रेमको खातिर आज
यी नयनहरु रुकेका छन् ||