गजल


मनै छैन, रहरै छैन, भन्दा भन्दै मनमुटु साटियो रे
मलाई माया गर्दा गर्दै त्यो मन अन्तै बाटीयो रे|

मेरो साथ छुटाउन, तानाबाना बुनियो रे
पहिले तिमि राम्रो मान्छे पछि त बैगुनी हो रे|

अह! अह! हुदै हैन, मैले माया लाएकै छैन
अंगाल्दै चुमेका ति पल जीवनको एउटा भुल हो रे|


मलाई छोडी नजाउ भन्दै अशु तिमीले बगाई दिन्थ्यौ
बगेका ति अशु होइनन्, पानीको एउटा मूल हो रे|

तिम्रा र मेरा चाहना र बाटाहरु फरक फरक छन्
संगै बिताएका पलहरु, प्यास मेटाउने बहाना हो रे|
तिमीसंग दुइपल बिताउने चाहना हो रे|